नौ ग्राम ब्राउन सुगरसहित बोहरा सेतुबिक चोकबाट पक्राउ

६ मंसिर २०७६, शुक्रबार १४:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँके प्रहरीले नेपालगञ्जको सेतु बिक चोकबाट ९ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले सेतुबिक चोकबाट शुक्रबार दिउसो १ बजेतिर सुर्खेत बीरेन्द्रनगर–६ घर भएका ३२ बर्षिय सुमित बोहरालाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले बोहराका साथबाट भे ४ प १४८१ नम्बरको स्कुटीसमेत नियन्यत्रमा लिएको जनाएको छ । पछिल्लो समय दैनिक जसो भारतीय बजार रुपैडिहबाट प्रतिबन्धित लागू औषध लिएर आउने समुह प्रहरीको नियन्त्रणमा पर्दै आएको छ ।
प्रहरीले बोहरालाई बरामदी मुचुल्का गरी थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाएको छ ।

Next Post

स्वास्थ्य परिक्षणको लागि आधुनिक प्रयोगशाला ‘निदान’ सञ्चालनमा

६ मंसिर २०७६, शुक्रबार १४:१५
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरका प्रमुख डा धवल शम्शेर राणाले सुलभ र भरपर्दोे स्वास्थ्य प्रयोगसालाको सेवा लिनको लागि नेपालगञ्ज बाहिर जान नपर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरेका छन् । उनले शुक्रबार नेपालगञ्जमा निदान डाईगोनोष्टिक हेल्थ केयर प्रालिले ३ करोड बढीको लगानीमा सञ्चालनमा ल्याएको सो प्रयोगशालाको उद्दघाटन गर्दै आग्रह गरेका […]

सम्बन्धित