बर्दिया : बर्दिया प्रहरीले बाह्र बर्दियाको लठुवा घाटबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गरेको अभियोगमा ३ टिप्पर एक टेक्टर र एक्साभेटर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बबई नदिको लठुवा घाटबाट एक्साभेटर, टेक्टर र टिप्परलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति पठाईएको बताए ।
बर्दियामा अबैध रुपमा नदीजन्य पदार्थ अबैध उत्खनन गरी ओसार्ने कार्यमा टिप्पर, नदीमै राखेर उत्खनन गर्ने स्काभेटर र टेक्टरलाई आवश्यक कारवाहीको लागि पहल भएको हो ।