बिनौनामा माघीको शुभकामना आदानप्रदान

सदरलाइन संवाददाता २९ पुष २०८०, आईतवार १५:१५
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी वडा नं. ५ बिनौनामा थारू जातिको महान माघी पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीले माघीको शुभकामना दिँदै आफू पनि थारु गाउँ परिवेशमा जन्मेको भन्दै थारु जातिसँग आफ्नो अटुट सम्बन्ध रहेको बताएका थिए । त्यस्तै नेता गिरीले राप्तीसोनारीका थारु जातिका सबैसँग माया–प्रेम रहेको बताए ।


नेपाली कांग्रेस बाँके क्षेत्र नं.१ क्षेत्रीय समिति थारू जाती समन्वय शाखाका अध्यक्ष गंगाराम थारुको सभापतित्व र नेता गिरीको प्रमुख आतिथ्य तथा पूर्व सांसद गोपाल दहितको विशेष आतिथ्यतामा शनिबार सम्पन्न कार्यक्रममा थारू जातिको मौलिक संस्कृति झल्किने बिभिन्न नृत्य तथा गीत संगीतहरू पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, लुम्बिनी प्रदेशसभा सदस्य सन्जुकुमारी थारु, कांग्रेसका युवा नेता एवं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, कोहलपुरका मेयर पुर्णप्रसाद आचार्य, कांग्रेस नेता चिन्तामणि धिताल लगायत नेता कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सृजना सहकारीको साधारण सभा सम्पन्न

२९ पुष २०८०, आईतवार १५:१५
कोहलपुर (बाँके) : बाकेको कोहलपुरमा रहेको सृजना सहकारी सस्था लिमिटेको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष केशबराज पोखे्रलले बार्षिक प्रर्गति प्रतिबेदन प्रस्तुत गरेका थिए । शूरुका दिनमा १५ लिटर दुधको कारोबारबाट शुरु भएको यो सहकारी सस्थाले अहिले दैनिक २२ हजार लिटर दुधको कारोबार गर्दै आएको […]

सम्बन्धित