विकास निर्माणमा ढिलासुस्तीको अन्त्य हुनैपर्छ : मुख्यमन्त्री कार्की

सदरलाइन संवाददाता १५ भाद्र २०८१, शनिबार १९:२५
 

धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य हुनैपर्ने बताएका छन् । शनिबार सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाट गर्दै उनले सो कुरा बताएका हुन ।

विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता प्रकट गर्दै उनले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए ।

मुख्यमन्त्री कार्कीले भने–‘ सातसय दिनमा बन्नु पर्ने भवन पुरा हुन २ हजार १ सय दिन लाग्यो । अब यसरी विकास हुन्न आजबाटै सच्याउँने प्रतिबद्धता गर्नुपर्छ । यो देशभरकै अवस्था हो । यस्तो मोडलबाट विकास हुन्न । सुधार गरेर लागौँ, हामी सबैले आज प्रतिबद्धता जनाउनु पर्छ ।’


फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले धर्म जाति सम्प्रदाय सबैकुरा छोडेर म धराने नेपाली हुँ भन्ने सोचेर धरानको संवृद्धि र विकासको लागि लाग्न आग्रह गरे । धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउदै उनले फेरी पुरानो शाख फर्काउन लाग्न आग्रह गरे । धरानको विकासमा प्रदेश सरकार सधै तयार रहेको समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले भने– ‘केही वर्ष यता केही विषयमा चित्त नबुझेर होला अहिले बसाइँसराइ समेत भइरहेको छ । यसलाई रोक्नु पर्छ । म जस्तोसुकै सहयोग गर्ने छु । आपसी मतभेदहरु छन् भने पनि त्यसलाई बिर्सिएर हामी सबै धरानेहरु एक भएर अघि बढ्नु पर्छ ।’

मुख्यमन्त्री कार्कीले देश र प्रदेश दुबैको आर्थिक श्रोतहरु समेत बढ्ने संकेत देखिएको भन्दै अब विकास निर्माणले गति लिने प्रस्ट्याउदै खेलकुद र शिक्षाको केन्द्र समेत भएको भन्दै धरानमा विकास र संवृद्धिको ठुलो सम्भावना रहेको उनले बताए ।

मुख्यमन्त्री कार्की आफु आन्तरिक मामिला तथा कानून मन्त्री हुँदा शिलान्यास गरेको सो भवन जनस्तरबाट सहयोग संकलन तथा संघीय सरकार, प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्तमान सत्ता समीकरण ०८४ सम्मै जाने सञ्चारमन्त्री गुरुङको दाबी

१५ भाद्र २०८१, शनिबार १९:२५
पोखरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने ठोकुवासहितको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्तो ठोकुवा गरेका हुन । अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण […]

सम्बन्धित