सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगन्ज नर्सिङहोम अगाडि शनिबार बिहान मोटरसाइकलले ठक्कर दिदा एक महिलाको ज्यान गएको छ । शनिबार बिहान साढे १० बजे स्पेलेन्डर मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएकी दाङ्ग गढवा गाउपालिका–७ की २२ वर्षिया सिता चौधरीको नर्सिङ होम लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पैदलयात्रीलाई ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ । फरार रहेको मोटरसाइकल र चालकको खोजीका लागि सबै स्थानका प्रहरी युनिटलाई जानकारी गराइसकेको नेपालगन्ज ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक भिम ओलीले जानकारी दिए ।
