प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी भारतबाट पक्राउ

सदरलाइन संवाददाता १० माघ २०७८, सोमबार १५:३१
 

नेपालगञ्ज : घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ती क्षेत्रबाट समातेको बताइएको छ ।

कारागारका नाईकेसमेत रहेका यामराज भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागले अनुमति नदिएपछि पुस १६ गते नै छुटिसकेका छन् ।

छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी यामराजलाई प्रहरी जवान धनबहादुर चौधरीले पुस ८ गते दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए ।


तर, उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीबाट भागेका थिए । प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो ।

कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको थियो । फरार प्रकरणमा प्रहरी जवान चौधरी र तुलसीपुर उपमहानगरपालिका–१० की २२ वर्षीया समी चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन् ।

त्यस्तै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् । सो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोपमा घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका–१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित बाँकेमा तीनजना पक्राउ

१० माघ २०७८, सोमबार १५:३१
नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगञ्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारीलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगञ्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरी र लागुऔषध […]