तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

सदरलाइन संवाददाता १३ पुष २०७९, बुधबार १३:४१
 

नेपालगञ्ज : बाँकेसहित तराईमा ह्वात्तै चिसो बढेको छ । मंगलवारदेखि बाक्लो हुस्सुका कारण घाम लाग्न नसकेपछि अत्यधिक चिसो बढेको हो । हुस्सु लागेसंगै विहान पख शीतलहर चल्न सुरु भएको छ । यसैगरी, पश्चिमबाट चिसो बतास चलिरहेको छ ।

सोमबारसम्म घाम लागेको थियो । तर, मंगलबारदेखि एक्कासी अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । जाडोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, मुक्त कमैया, ज्येष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ ।

जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासी जाडो बढेपछि बालबालिका, बृद्धबृद्धा, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई जाडोले गर्दा समस्या भएको छ ।


हुस्सुका कारण बाँके लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरु सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।

चिसो बढेपछि बालबच्चाहरुलाई विद्यालय जान समस्या भएको बाँके डुडुवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले बताए ।

जाडो याममा विद्यार्थीहरु विद्यालयको पोशाकमा विद्यालय जानू पर्ने बाध्यता छ । कतिपय विद्यालयले जाडोका लागि स्वीटर, कोट, ब्लेजर र ट्राउजरमात्रै विद्यार्थीले लगाउन पाउने नियम बनाएका छन् । विद्यालयका यस्तो नियमले जाडो याममा विद्यार्थीले समस्या खेपिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य केन्द्रमा छैन सिटामोल

१३ पुष २०७९, बुधबार १३:४१
सुर्खेत : सरकारी स्वास्थ्य संस्थाबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीतिगत व्यवस्था सरकारको छ । यद्यपि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य संस्थामा ज्वरोको औषधिसमेत पाउन मुस्किल छ । चौकुने गाउँपालिका–७ मा रहेको धामीडाँडा स्वास्थ्य सेवा केन्द्रमा सिटामोलको समेत सधैँ अभाव हुन्छ । केन्द्रकी इन्चार्ज योगिता लामिछानेका अनुसार तीन÷चार महिनाको […]