बलात्कारको आरोपमा बर्दियामा एकजना पक्राउ

सदरलाइन संवाददाता ४ श्रावण २०७९, बुधबार १३:५५
 

बर्दिया : नाबालिकालाई जबरजस्ती बलात्कार गरी फरार रहेका एक जना पक्राउ परेका छन् ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १२ वस्ने वर्ष अन्दाजी ४० को श्रीराम चमार पक्राउ परेका हुन् । ६ वर्षीया नाबालिकालार्ई जबरजस्ती बलात्कार गरेको चमारमाथि आरोप छ ।

प्रहरीका अनुसार, उनले गत चैत्र १५ गते ६ वर्षकी नाबालिकालाई घरमा कोही नभएको मौकाछोपी जबरजस्ती बलात्कार गरेका थिए । उक्त सुचना प्राप्त हुन साथ पक्राउ गर्न प्रहरी खटिएकोमा उनी फरार भएका थिए ।


उनलाई खोजतलास गर्दै जाने क्रममा लुकिछिपी बसेको अवस्थामा घटनास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्लाहकारमा बस्न डा. पाण्डेद्वारा अस्विकार

४ श्रावण २०७९, बुधबार १३:५५
नेपालगञ्ज : भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिशियन तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेले सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सल्लाहकारमा बस्न अस्विकार गरेका छन् । उनले जानकी गाउँपालिकामा सिकलसेल अस्पताल स्थापना गर्न गठन भएको सल्लाहकार समितिमा आफूलाई नसोधेर राखिएको प्रति आपत्ती जनाएका छन् । ‘समिति गठन गर्ने बैठकमा उपस्थित नै […]