एक महिनाभित्रै आफ्नो दरबन्दीमा जानु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

सदरलाइन संवाददाता १४ भाद्र २०८०, बिहीबार १३:२७
 

नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको बिषय टुंगिने बताएका छन् ।

भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले पहुँच र पावरको भरमा मन्त्रालय र आफुअनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरु अव एक महिनाभित्रै आफ्नो दरवन्दीमा जाने बताए ।

‘आफुले रोजेको ठाउँ पाइन भनेर मन्त्रालयमा रोइकराइ गर्ने, आत्महत्या गर्छु भन्ने जस्ता धम्की मेरो लागि स्विकार्य छैन उनले भने–‘चोखो मनले काम गरेको छु सबैको काज फिर्ता हुन्छ ।’

उनले कतिपय चिकित्सक ६ वर्षदेखि अस्पतालको भर्ना कागजात बनाएर काजमा बसेको देखियो, कतिपय १५–१६ वर्षसम्म काजमै बसेको देखियो यस्तो अवस्था मन्त्रालयका लागि स्वीकार्य हुन सक्दैन भने ।

उनले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको स्पष्ट पारे ।


उनले काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेको समेत स्मरण गराए ।

संबिधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उनको भनाइ छ ।

‘मैले मन्त्रालय सम्हालेदेखि नै मेरो एउटै उद्देश्य र प्राथमिकता छ उनले भने–‘गरिव, विपन्न र निमुखा जनता पैसा नभएकै कारण मृत्यु हुन नपरोस् ।’

उनले मन्त्रालयले दरवन्दी बढाउने र क्यान्सरजन्य रोग विरुद्ध प्राथमिकता दिएर काम गर्ने योजना बनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेसहित तराई क्षेत्रमा राखी पर्व मनाईंदै

१४ भाद्र २०८०, बिहीबार १३:२७
नेपालगञ्ज : बाँकेसहित प्राचीन मिथिला क्षेत्रमा बिहीबार ‘राखी’ पर्व मनाईंदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मधेशी समुदायमा ‘राखी’ भनिने गरिएको हो । सामान्यतया सौरमासको पनि साउनमै पर्ने यो पर्व यसपालि साउनभरि अधिकमास (मलमास) […]

सम्बन्धित