कोरोनाबाट बाँकेमा ८ जनाको ज्यान गयो

सदरलाइन संवाददाता १ जेष्ठ २०७८, शनिबार ११:१८
 

नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा बाँकेका ४ जना, बर्दियाका ३ जना र सल्यानका १ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत कोहलपुर ४ का ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका १ बर्दियाका ४६ वर्षीय पुरुष, ठाकुरबाबा १ बर्दियाकी ३४ वर्षीया महिला, नेपालगन्ज १९ का ३९ वर्षीय पुरुष र बनगाड कुपिण्डे ४ सल्यानकी ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ २ बाँकेकी ३७ वर्षीया महिला, कोहलपुर ९ बाँकेका ६१ वर्षीय पुरुष र गुलरिया १० बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २२९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १७५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनले पठाएको यान मङ्गल ग्रहमा अवतरण

१ जेष्ठ २०७८, शनिबार ११:१८
काठमाण्डौ : चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । योसँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन […]