बैजनाथका जेष्ठ नागरिकलाई निःशुल्क आँखा शिबिर

सदरलाइन संवाददाता ११ पुष २०७९, सोमबार १५:३२
 

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा न.ं ७ को कार्यालयले फतेवाल आँखा अस्पताल नेपालगञ्जको समन्यवमा जेष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा जाँच शिबिर आयोजना गरेको छ ।

बैजनाथ गाउपालिका वडा नं. ७ मा थारु समुदायको बाहुल्यता रहेको छ । यस समुदायका दुई सय जेष्ठ नागरिकहरुको आँखा जाँच गर्दा ५६ जनामा मोतिबिन्दु भेटिएको बैजनाथ गाउपालिका वडा नं. ७ का अध्यक्ष दिनेशकुमार थारुले बताए । समयमा आँखा जाँच नगर्दा जटिल प्रकारको मोतबिन्दु हुने गर्दछ । अन्तिम समयमा आँखाको अप्रेशन गर्नु र्ने अवस्था सृजना हुने चिकित्सकले बताएका छन् ।


मोतीबिन्दु देखा परेका बिरामीहरुलाई निःशुल्करुपमा अप्रेशन गरिने भएको हुँदा यस शिबिरबाट फाइदा लिनका लागि वडा अध्यक्ष दिनेशकुमार थारुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नमुनाकाे पहलमा नरैनापुर र राप्तिसाेनारीमा टेलिफोन टावर थपिदै

११ पुष २०७९, सोमबार १५:३२
नेपालगञ्ज : लुम्बिनी प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले दाेस्राे कार्यकालकाे सपथ नहुँदै आफ्नो निर्वाचन क्षेत्रमा गुणस्तरीय टेलिफाेन सेवाकाे लागि पहल सुरु गरेकी छन् । काठमाडौमा रहेकी उनले सदरलाइन डट कमसँगकाे फाेन बार्तामा नरैनापुर र राप्तिसाेनारी गाउपालिकाका सबै वडामा गुणस्तरीय टेलिफोन सेवा बिस्तारकाे लागि पहल भएकाे बतमईन । निर्वाचन प्रचारकाे […]