कतारमा ज्यान गुमाएका ठकुरी परिवारलाई आर्थिक सहयोग

१३ जेष्ठ २०७६, सोमबार १७:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके सेवा समाज कतार दोहाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एक ब्यक्तिको छोरीको शिक्षाका लागि सहयोग रकम पठाएको छ । दोश्रो पटक घरबाट वैदेशिक रोजगारीका लागि माघ १६ गते खाडी मुलुक कतार पुगेका बर्दियाको बढैयाताल गाउँपालिका १ शान्तिपुरका २७ बर्षीय नविन्द्रसिंह ठकुरीको तीनदिनमै निधन भएको थियो ।
समाजले ठकुरीकी छोरीको शिक्षाका लागि ८३ हजार रुपैयाँ सहयोग गरेको छ । अध्यक्ष राजकुमार क्षेत्री, सचिव रोशन विक, सुरेन्द्र सिंह ठकुरीलगायतको पहलमा संकलन गरि पठाइएको सहयोग रकम परिवारका सदस्यलाई बुझाइएको छ । नेकपा बाँकेका नेता रत्न खत्रीले ठकुरीको निवासमै पुगेर रकम हस्तान्तरण गरेका छन् । सो क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, धम्बोझी क्लबका अध्यक्ष देबेन्द्र खड्का, युवा संघ बर्दियाका सचिव भिम सिंहलगायत उपस्थित थिए ।
कतारको प्रहरी र अस्पतालको प्रतिवेदनमा आत्महत्या गरेको भनिएपनि स्थानीय बासिन्दाहरु मृत्यु रहस्यमय नै भएको बताउँछन् । नेपालबाट स्वास्थ्य जाँच गरि विदेशिएका ठकुरी कतारमा अनफिट भएको जानकारी आएको आफन्तले जनाएका छन् । पीडा भुलाउन हाल माईतीमा बस्दै आएकी नविन्द्रकी पत्निलाई चिकित्सकले असारको पहिलो साता सुत्केरी हुने समय दिएको छ । नविन्द्रकी चार बर्षिया छोरी निहारिका छन् ।

Next Post

बलिउडका ‘एक्शन मास्टर’ वीरु देवगनको निधन

१३ जेष्ठ २०७६, सोमबार १७:४२
सदरलाइनडटकम, काठमाण्डौ : बलिउड उद्योगमा एक्सनलाई नयाँ उचाइमा पुर्याउने वीरु देवगनको सोमवार ८५ वर्षको उमेरमा निधन भएको छ । अभिनेता अजय देवगनका बुवा वीरु देवगन सन् १९६७ मा चलचित्र ‘अनिता’ मा स्टन्टम्यानका रुपमा बलिउड प्रवेश गरेका थिए । उनी पञ्जाबको अमृतसरमा बस्ने गरे पनि केही समयदेखि बिरामी रहेकाले मुम्बईको सान्ताक्रुज […]

ताजा अपडेट