नेपालगञ्जमा चोरीका घटनामा नबालिगको प्रयोग

सदरलाइन संवाददाता १४ श्रावण २०८०, आईतवार १६:१०
 

नेपालगञ्ज : नेपालगञ्जमा भएका चोरीका घटनामा बालक संलग्न रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भएका चोरीका घटनामा बालकको संलग्नता रहेको जनाएको छ । प्रहरीले ६ जना बालकलाई पक्राउ गरेको छ । पक्राउ परेका बालक ११ वर्षदेखि १५ वर्षका छन् ।


बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नगरका विभिन्न ठाउँका भएका सानाठूला चोरीका घटना बालक संलग्न रहेको पाइएको बताए । प्रवक्ता डाँगीका अनुसार, ६ जनामध्ये ११ वर्षका दुई जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने चार जनाविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ ।

विगतमा चोरीका घटनामा पक्राउ परे पनि उमेर सानो भएकाले छोडिएकाहरु फेरि त्यही काममा लागेको पाइएको छ । यी बालकले सटर फोर्ने, झ्यालको भेन्टिलेटरबाट छिरेर चोरी गर्ने गरेको स्वीकारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीपको ठक्करबाट बाँकेमा दुई जना घाइते

१४ श्रावण २०८०, आईतवार १६:१०
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपलिकास्थित पूर्व–पश्चिम् राजमार्गमा जीपको ठक्करबाट मोटरसाइकल सवार दुई जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमवार बिहान ९ बजे राप्तीसोनारी– ९ ढकेरीमा पश्चिमतर्फबाट रुकुम जाँदै गरेको बा १९ च ५५७८ न को स्कार्पियो जीपले पूर्व तर्फबाट कोहलपुरतर्फ आउँदै गरेको भे ९ प ९१२० […]