कोरोनाबाट कैलालीका एक जनाको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता २१ मंसिर २०७७, आईतवार ०८:२३
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट कैलालीका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का ३५ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतवार विहान सवा ४ बजे उपचारका क्रममा मृत्यु भएको हो ।


जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसिर १५ गते अस्पताल भर्ना भएका उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

Next Post

नतिजा उल्ट्याउन जर्जियाका गर्भनरलाई ट्रम्पको दबाब

२१ मंसिर २०७७, आईतवार ०८:२३
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको राज्य जर्जियाका रिपब्लिकन गभर्नरलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाब दिएका छन् । नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएपछि पहिलोपटक जर्जियामा आउँदो जनवरीमा हुने दुई सिनेट सिटको रन–अफ चुनावका लागि सभा गर्न पुगेका ट्रम्पले बिना कुनै प्रमाण धाँधली भएको आरोप […]