निरन्तर सम्वादपछि सदरलाईन विस्तार अभियान घरधनीलाई घर भत्काउन उप–महानगरपालिकाको आव्हान

३ आश्विन २०७४, मंगलवार २०:५९
 

सदरलाइनडटकम    
३ असोज, नेपालगन्ज : नेपालगञ्ज चारवाहीनी–त्रिवेणीमोड (सदरलाइन) सडक विस्तारमा अब कुनै खाले अवरोध हुने छैन । सडक विस्तारमा देखिएको विवाद र निकास बारे सम्वाद समूह बाँकेले सरोकारवाला पक्षसँग गरेको पटक पटकको सम्वाद प्रक्रियापछि घरधनी लगायत सबै पक्ष सडक विस्तारमा अग्रसर देखीएका हुन् ।
जन सरोकारका सम्भावित विवाद÷द्धन्द्धमा क्रियाशिल समूहले सदरलाइनका सम्वद्ध घरधनी, उप–महानगरपालिकासँग निरन्तर आवश्यक छलफल गरेपछि घर भत्काउन राजी भएका हुन् । सदरलाईनको सडक विस्तार÷निर्माण आम सरोकार र सम्भावित विवादको विषय भएको भन्दै यस अघि सम्वादले निकास र विकासका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी लगायतसँग पनि आवश्यक पहल गरेको थियो । संघले पनि यसमा पटक पटक सहजीकरणको प्रयास गरेको थियो ।
एशियाली बिकास बैंकको सहयोगमा नेपालगन्जमा सन्चालित एकिकृत शहरी विकास परियोजनाले सदरलाइन विस्तार गर्र्ने अन्तिम तयारी गरिरहेका बेला सडक चौडा (खाली) गर्नगराउन केही ढिलाई भएपछि चौतर्फी चासो र चिन्ताको विषय बन्न पुगेको थियो । सडक विस्तार (औसत १४ मिटर) गर्न राजी हुँदै केही घरधनीले स्वस्फुर्त घरपसल भत्काउन थालीरहे पनि समय लम्वीदै गएपछि उप–महानगरपालिका लागि पनि टाउको दुखाईको विषय बन्न पुगेको थियो ।
समूहसँगको अनौपचारिक सम्वादमा अधिकांस घरधनीले नगरको विकास÷विस्तारका लागि घर भत्काउन तयार रहेपनि उपमहानगरपालिकाले औपचारिक अग्रसरता नदेखाएको गुनासो गरेपछि मेयर डा धवल शमशेर राणासँगको समूहको पछिल्लो सम्वादपछि विस्तार सचेतता अभियान शुरु गरिएको हो ।
यस अघि समूहका तर्फबाट सहजकर्ता शुक्रऋषि चौलागाई, सदस्य अधिवक्ता प्रहलाद बहादुर कार्की, लोकबहादुर शाह लगायतले घर भत्काउन आनाकानी गरिरहेका घरधनी, सम्वन्धित वडा अध्यक्षसँग पनि भेट गरि सम्वादका माध्यमबाट निकास खोज्न र विकास गर्न आग्रह गरेका थिए ।
उपमहानगरपालिकाको ३ महिने अल्टीमेटम सकिन लाग्दा मेयर राणाको नेतृत्वमा उपमेयर उमा थापा मगर, प्रमुख जिलला अधिकारी रमेशकुमार केसी, वरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाह, प्रहरी उपरिक्षक टेकबहादुर तामाङ, नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्य, सम्वद्ध वडा अध्यक्ष सहित स्वयं घरधनीको सहभागितामा वृहत भेटघाटसँगै घर भत्काउन अनुरोध गरिएको छ ।
मेयरसहितको टोली पसल तथा घरमै पुगेको देखेर छक्क परेका घरधनीले दशैंं लगत्तै घर भत्काउने प्रतिवद्धता पनि व्यक्त गरे । त्रिवेणीमोडदेखि नगरभवनसम्मका सम्पूर्ण घरधनीसँगको भेटपछि आयोजित समारोहलाई सम्वोधन गर्दै मेयर राणाले सडक विस्तार समग्र विकास र व्यवसायको आधार भएकाले सवैको उत्तिकै जिम्मेवारी र दायित्व हुनुपर्ने बताए ।
समूहका सहजकर्ता एवं उप–महानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलगाईले सञ्चालन गरेको समारोहमा प्रमुख जिल्ला अधिकारी केसी, वरिष्ठ प्रहरी उपरिक्षक शाह, नेपालगन्ज उद्योग वाणिज्य संघका अयक्ष वैश्य लगायतले सडक विस्तार अभियानमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 नेपालगन्जमा पहिलो पटक राष्ट्रिय शैक्षिक महोत्सव हुदै 

३ आश्विन २०७४, मंगलवार २०:५९
सदरलाइनडटकम  ५ असोज, नेपालगन्ज  :  ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक राष्ट्रव्यापी शैक्षिक महोत्सव हुने भएको छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाकेको आयोजनामा नेपालगन्ज—१८ कारकांदोस्थित बहुउदेश्यीय सभागृह निर्माणस्थल परिसरमा आगामि मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा […]