कैलालीमा टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु

सदरलाइन संवाददाता ६ पुष २०७९, बुधबार १२:०६
 

धनगढी : कैलालीमा टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो । उनकी आमा २९ वर्षीया पेन्टि ठकुल्ला घाइते छन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक २८ वर्षीय मोहन बोहरा समान्य घाइते छन् ।

टिप्पर र चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदिप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनता आवास कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियामा खजुरा

६ पुष २०७९, बुधबार १२:०६
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले जनता आवास कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडी बढाएको छ । गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लको नेतृत्वमा घर घरमा पुगेर अनुगमन सुरु गरिएको हो । जनता आवास कार्यक्रमका लागि खजुराका २० जनाले फाराम भरेका थिए । फाराम भरेका ब्यक्तिको घरमा पुगेर वास्तविकता बुझ्ने काम गरिएको उपाध्यक्ष […]