खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले जनता आवास कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडी बढाएको छ । गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लको नेतृत्वमा घर घरमा पुगेर अनुगमन सुरु गरिएको हो ।
जनता आवास कार्यक्रमका लागि खजुराका २० जनाले फाराम भरेका थिए । फाराम भरेका ब्यक्तिको घरमा पुगेर वास्तविकता बुझ्ने काम गरिएको उपाध्यक्ष मल्लले बताइन् । ‘प्रत्यक्ष रुपमा घरदैलोमा पुगेर वास्तविकता बुझ्ने काम गरेका छौं,’ उनले भनिन् ‘जसले आवेदन फाराम भरेका छन्, तिनीहरुको घरमा पुगेका छौं ।’
जनता आवास कार्यक्रमका लागि खजुरा गाउँपालिका वडा नम्बर ३ सितापुरको क गाउँमा घरहरु निर्माण गरिएको छ ।