‘गुट र उपगुटमा डुबेको कांग्रेसलाई जीवन्त राख्न महाधिवेशन’

१० फाल्गुन २०७६, शनिबार १३:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गुट र उपगुटमा डुबेको कांग्रेसलाई जीवन्त राख्नका लागि आवश्यक रहेको बताएका छन् । शनिबार बिहान प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता डा. कोईरालाले सो कुरा बताएका हुन ।

उनले गुटै गुटमा डुबेर आफ्नो साख गुमाउदै गरेको काँग्रेसले १४ औं महाधिवेशनबाट गुट मुक्त हुनु पर्ने भन्दै सबैलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरे ।
फरक प्रसंगमा नेता डा. कोईरालाले कुनैपनि अवस्थामा राजतन्त्र फर्कन नसक्ने ठोकुवा गर्दै आफुहरु बीपीको विचार राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई अघिबढाएर लैजान पर्छ भन्ने कुरामा दृढ रहेको स्पष्ट पारे ।

उनले मुलुक अत्यन्त गम्भीर परिस्थितिबाट गु्ज्रेको बताउदै देशमा हाल नियन्त्रित प्रजातन्त्र, सुशासन रहित अवस्थाका कारण मौलाएको भ्रष्टाचारले गर्दा मुलुक नै भड्खालोमा जाने संभावना रहेको भन्दै चिन्ता व्यक्त गरे ।

नेता कोइरालाले विभिन्न काण्डै काण्डमा मुछिएको बर्तामान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सुझाव दिदै निष्पक्ष छानविनको लागि सरकारको नेतृत्वले राजिनामा दिनुपर्ने माग गरेका हुन् ।


नेता कोइरालाले नेकपा अध्यक्ष ओलीको नतृत्वमा रहेको वर्तमान सरकारका मन्त्रीहरु एकपछि अर्को भ्रष्ट्राचार काण्डमा मुछिएको भन्दै मन्त्रीको असक्षमताबाट सरकार नै असक्षम प्रमाणित भएको आरोप लगाउदै राजिनामा दिन माग गरेका हुन ।

प्रधानमन्त्रीका विश्वास पात्रका रुपमा रहेका संचारमन्त्री गोकुल बास्कोटा कमिसन काण्डमा मुछिएको घटनाले सरकारको अवस्था उदाङ्गो पारेको उनको भनाई छ ।

गोकुल काण्ड जस्ता हजारौं काण्डमा अहिलेका मन्त्रीहरु मुछिएको भन्दै गोकुल काण्डमा पनि सरकारको संलग्नता हुन सक्ने आशंका गर्दै निष्पक्ष छानबिन हुन आवश्यक रहेको औल्याए ।  डा. कोइरालाका साथमा दीपक गिरी, डा.चन्द्र भण्डारी, सञ्जय गौतमलगायतका कांग्रेसका नेताहरुको उपस्थिति रहेको छ ।

Next Post

शिवपञ्चायन मन्दिरमा प्राणप्रतिष्ठासँगै पूजाआजा शुरु

१० फाल्गुन २०७६, शनिबार १३:०२
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) कालाबञ्जरको परिसरमा निर्माण गरिएको मन्दिरको प्राणप्रतिष्ठा गरी पूजाआजाको शुरुवात गरिएको छ । करीब ७ लाख २५ हजारको लागतमा निर्माण गरिएको शिवपञ्चायन (मल्लिकार्जुन) मन्दिरको विधिवत पूजाआराधना गरी प्राणप्रतिष्ठा गरिएको हो । मन्दिरमा भगवान शिव, सूर्य नारायण, गणेश, माँ […]