मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

सदरलाइन संवाददाता ४ पुष २०७९, सोमबार ११:२६
 

नेपालगञ्ज : पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुर कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा आइतवार राती भएको दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म २ प ६१८९ नम्बरको स्कुटरलाई सुदूरपश्चिम प्रदेश ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउदको ज्यान गएको हो ।

दुर्घटनामा परी घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पुर्याउँदै गर्दा ज्यान गएको प्रहरी निरीक्षक सिंहले बताए ।


ट्रयाक्टरमा रहेका कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् । घाइतेको कृष्णपुरमा रहेको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर र चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका महिलालाई सेक्युरेटि गार्ड तालिम

४ पुष २०७९, सोमबार ११:२६
नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका युवा महिलालाई रोजगारमा लगाई उनिहरुको आर्थिक अवस्था सुधारका लागि सञ्चालन गरेको सिप विकास तालिम अन्तर्गत सेक्युरेटी गार्डको तालिम शुरु गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत बर्दियाको गुलरियामा सो […]