स्वास्थ्य परिक्षणको लागि आधुनिक प्रयोगशाला ‘निदान’ सञ्चालनमा

६ मंसिर २०७६, शुक्रबार १७:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरका प्रमुख डा धवल शम्शेर राणाले सुलभ र भरपर्दोे स्वास्थ्य प्रयोगसालाको सेवा लिनको लागि नेपालगञ्ज बाहिर जान नपर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
उनले शुक्रबार नेपालगञ्जमा निदान डाईगोनोष्टिक हेल्थ केयर प्रालिले ३ करोड बढीको लगानीमा सञ्चालनमा ल्याएको सो प्रयोगशालाको उद्दघाटन गर्दै आग्रह गरेका हुन ।
उनले नेपालगञ्जलाई शिक्षा र स्वास्थ्यको हब बनाउने उद्देश्य पूर्तीको लागि निदानले अहम भुमिका खेल्ने भएको भन्दै सुलभ र गुणस्तरिय सेवा दिन अनुरोध गरे ।
सो डाईगोनोष्टिक सेन्टर नेपालगञ्जमा सेवा दिई रहेका भन्दा आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशालाको रुपमा सञ्चलनमा ल्याउने संचालक शिशिर सापकोटाले जानकारी दिए ।
निदानले स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा अन्तराष्ट्रिय मान्यता पाएको प्रयोगशालाका विभिन्न खालका आधुनिक उपकरणबाट बिरामीको हार्मोन, भिटामिन, क्यान्सर, कल्चरसहित नियमित स्वास्थ्य परिक्षण गरिने सञ्चालक सापकोटाले जानकारी दिए ।
सो डाईगोनोष्टिक सेन्टर नेपालगञ्जमा सेवा दिई रहेका भन्दा आधुनिक सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशालाको रुपमा सञ्चलनमा आउन सके विरामीको उपचारमा सहज हुने भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले सुझाव दिए । उनले नतिजाको गुणस्तरमा विशेष ध्यान पुराउन आग्रह गरे ।
स्वास्थ्य ल्यावको सबै सेवा नेपालगञ्जमा उपलब्ध नहुने गरेको तथ्यलाई आत्मसाथ गर्दै नेपालगञ्जमै पनि सुविधा युक्त सेवा थोरै शुल्कमा दिने उद्देश्यले निदान डाईगोनोष्टिकको स्थापना हुन आवश्यक थियो त्यो आवश्यकताललाई निदानले पुरा गर्ने विश्वास लिएको स्वास्थ्य प्रविधिक कलेज सञ्चालक सञ्जय सिंहले बताए ।
निदानमा स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा अन्तराष्ट्रिय मान्यता पाएको प्रयोगशालाका विभिन्न खालका आधुनिक उपकरणबाट बिरामीको हार्मोन, भिटामिन, क्यान्सर, कल्चरसहित नियमित स्वास्थ्य परिक्षण गरिने निधानका प्रबन्धक संजीव पोख्रेलले जानकारी दिए ।
निदान डाईगोनोष्टिकले स्वास्थ्य परिक्षणको लागि भारतका विभिन्न शहर तथा काठमाण्डौ धाउन नपर्ने समय र पैसा दुबै बचत हुनेगरी सेवा दिने दाबी गरेको छ ।

Next Post

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री यादव रुष्ट

६ मंसिर २०७६, शुक्रबार १७:३३
सदरलाइनडटकम, काठमाण्डौ : मन्त्रिपरिषद् पुनर्गठनमा असतुष्टि जनाउँदै समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरेको मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियामा असतुष्टि जनाउँदै सरकार छाड्ने तयारीमा लागेको हो । प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि यादव रुष्ट भएका […]

सम्बन्धित