नेपालगञ्ज–१८ मा २ किलोमिटर सडक कालोपत्रे कार्यको सुरुवात

सदरलाइन संवाददाता २८ जेष्ठ २०७९, शनिबार १३:२५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडानं. १८ ले चालु आर्थिक वर्षमा दुई हजार मिटर अर्थात २ किलोमिटर सडक कालोपत्रे सडक निर्माण सुरु गरेको छ ।

दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएपछि वडा अध्यक्ष दिपककुमार वर्माले वडाको विकास निर्माणलाई तीब्रता दिदै सोल्टी होटल चौकदेखि नागरिक टोलसम्म, डोल्पाली टोल, लग्दहवा गाउँ हुँदै बाइपास वसपार्क जोड्ने सडक कालोपत्रेका लागि शिलान्यास गरेका हुन ।


स्थानीय वडाबासीको बाक्लो उपस्थितिमा सम्पन्न शिलन्यास सडक करिव दुई किलोमिटर रहेको बताइएको छ । त्यस्तै ट्राभलर भिलेजमा ३५ लाखको लगानीमा पीसीसी र ४५ लाखको लागतमा नालासहितको सडक निर्माणको काम पनि जारी रहेको उनले बताए ।

उनले आफ्नो वडाका विभिन्न टोलमा सडक र नाली निर्माणलाई तीब्रता दिइने बताए । पहिलो कार्यकालमा पनि उनको कामको वडाबासीले राम्रो प्रशंशा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसन्ते मकैको बजारीकरणका बारेमा सर्वपक्षिय अन्तरक्रिया

२८ जेष्ठ २०७९, शनिबार १३:२५
नेपालगञ्ज : बाँकेमा बसन्ते मकैको उत्पादन र बजारिकरणको बारेमा किसान, व्यावसायी, दाना उद्योगलगायतको सरोकारवाला निकायका बीचमा छलफल गरिएको छ । नेपाल बिउ तथा मल परियोजना र मकै व्यवसायिकरण सञ्जाल बाँकेले आयोजना  गरेको  कार्यक्रममा  बाँकेमा बसन्ते  मकैको  बजार  व्यवस्थापन :  चुनौती र अवसरको बारेमा अन्तरक्रियात्मक छलफल गरिएको हो । कार्यक्रममा एनसाफ […]

सम्बन्धित