सदरलाइनडटकम
१ असार, काठमाण्डौ : सरकारले प्रदेश नं. २ को निर्वाचन तिथि सार्ने भएको छ । बिहीबार सत्तारुढ दल र अन्दोलनमा रहेका राजपा नेपालबीच भएको बैठक पछि सो निर्णय लिएको बताईएको छ । यदपी प्रदेश नं. १, ५ र ७ मा भने असार १४ गते नै हुने छ ।
संविधान संशोधन सहितको मागहरु राखेर आन्दोलनमा रहेको राजपालाई मनाउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचनको मनानयन गर्ने एकदिन अघिमात्र प्रदेश नं. २ को निर्वाचन तिथि असोज २ मा हुने गरी सारेको हो । राजपाले भने प्रदेश नं. २ को निर्वाचन मिति सारेपनि निर्वाचनमा भाग लिने नलिने केही बोलेको छैन ।
सरकार सञ्चालनमा रहेका दलका शिर्षनेताहरु र निर्वाचन आयोगमा पदाधिकारी संग बिहीबार विहान भएको छलफलमा आयोगको तर्फबाट निर्वाचनको मिति सार्दा दुर्घटना हुने चेतावनी दिएको थियो ।
