चोरीको मोटरसाईकलसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता १२ श्रावण २०८०, शुक्रबार १४:१८
 

कोहलपुर (बाँके) : चोरीको मोटरसाईकलसहित बाँकेमा एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं. ९ बस्ने २४ वर्षीय अरुण बर्नवाललाई चोरीको २ थान मोटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनका अनुसार, साउन ८ गते राति अन्दाजी साढे १० बजे कोहलपुर नगरपालिका वडा नं.११ बस्ने होमनाथ आचार्यको घरमा पार्किङ गरी राखेको भे ११ प २२९२ नं.को मोटर साईकल र साउन १० गते बिहान साढे ५ बजे कोहलपुर १४ घर भई कोहलपुर नगरपालिकामा सव ईन्जिनियर पदमा कार्यरत तारा बहादुर खत्रीको भे १ ब. १७६५ नं.को मोटर साईकल चोरी भएको थियो ।


उक्त चोरीको मोटरसाइकल सहित बर्नवालमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराका मुख्य चोकहरुमा हाईमास्ट लाईट जडान

१२ श्रावण २०८०, शुक्रबार १४:१८
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले ग्रामीण, शहरउन्मुख बस्तीका मुख्यमुख्य चोकमा हाईमाष्ट लाईटको अवधारणा ल्याएको छ । गाउँपालिकाका ६ स्थानमा हाईमाष्ट लाईट जडान गरिँदैछ । बिहीवार राती वडा नम्बर ५ को भट्टी चोकमा हाईमास्ट लाईटको औपचारिक शुभारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक(तुफान)ले जानकारी दिए । वडा नम्बर २ को रिमझिमचोक, […]