बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा राईलाई सम्मान

सदरलाइन संवाददाता २९ मंसिर २०७९, बिहीबार १४:४७
 

नेपालगञ्ज : बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा नेपालगञ्ज उपमहानगरपालिका उपमेयर कमरुद्दिन राईलाई बधाई तथा सम्मान गरिएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिको बैठकमा सदस्यको रुपमा उपस्थिति मेयरको कार्यकाल सफलताको शुभकामनासहित बधाई तथा सम्मान गरिएको हो ।

बाँके आयुर्वेद स्वस्थ्य केन्द्रका प्रमुख डा. अनिलकुमार चौधरी र बाँके आयुर्वेद स्वस्थ्य केन्द्र अस्पताल विकास समितका अध्यक्ष जनकराम भण्डारी, अस्पताल विकास समितिका सदस्य अछरी पोखरेलले संयुक्तरुपमा अविर र खादा ओढाएर सम्मान गर्नुका साथै कार्यकाल सफलताको शुभकाना दिएका थिए ।


सम्मान कार्यक्रममा का.बा.मेयर कमरुद्दिन राइले आफु सामाजिक काम र विकासका काममा अग्रसरताका साथ काम गर्ने प्रतिवद्धता जाहेर गरे ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिको भवन निर्माणमा ढिलाइ हुन गएकोमा सोको जानकारी माग गरी शहरी विकस तथा भवन निर्माण कार्यालयलाई पत्राचार गर्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा जथाभावी पार्किङ गरे सवारी साधनमा लाग्न सक्छ ‘ह्वील लक’

२९ मंसिर २०७९, बिहीबार १४:४७
कोहलपुर (बाँके) : तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । यदि त्यसो गरे कोहलपुर नगर प्रहरीले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । कोहलपुर नगर प्रहरीले कोहलपुर बजार क्षेत्रमा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने अभियान सुरु […]