कोहलपुरमा जथाभावी पार्किङ गरे सवारी साधनमा लाग्न सक्छ ‘ह्वील लक’

सदरलाइन संवाददाता १ पुष २०७९, शुक्रबार १५:०२
 

कोहलपुर (बाँके) : तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । यदि त्यसो गरे कोहलपुर नगर प्रहरीले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ ।

कोहलपुर नगर प्रहरीले कोहलपुर बजार क्षेत्रमा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने अभियान सुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । नगर प्रहरी प्रमुख थापाले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन सुरु गर्न लागिएको जानकारी दिए ।

‘ह्वील लक’ अभियान अन्तर्गत शुक्रवारदेखि नगरमा माइकिङ गर्न शुरु गरिएको छ । जथाभावी पार्किङले ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम समेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न कडाइ गर्न थालिएको उनको भनाइ छ ।


कोहलपुर भित्रि बजार क्षेत्रमा पनि अव्यवस्थित पार्किङलाई निरुत्साहित गर्ने गरी अभियान थालिएको नगर प्रहरी प्रमुख थापाले बताए । ‘शुक्रवारदेखि सचेतनाका लागि माइकिङ गर्न सुरु गरेका छौं उनले भने–‘निश्चित पार्किङस्थलबाहेक अन्यन्त्र सवारीसाधन पार्किङ गरेको पाइए नगर प्रहरीले ‘ह्वील लक’ लगाएर सवारी साधन कारवाही गर्नेछ ।’

कोहलपुर नगर प्रहरीले अहिले पाँच वटा ‘ह्वील लक’ ल्याएको छ । कोहलपुर नगर प्रहरीले नगरलाई व्यवस्थित पार्ने अभियानअन्तर्गत फुटपाथ, ठेला, अतिक्रमित संरचना लगायतलाई हटाउने काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द

१ पुष २०७९, शुक्रबार १५:०२
कञ्चनपुर : बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी […]