चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १६:४७
 

काठमाण्डौ : चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते छिमेकी मित्र राष्ट्र जन गणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य युआन च्या नेपाल आउन लागेका हुन् । च्या २५ सदस्यीय टोलीसहित महत्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउँदैछन् ।

च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकी छन् । चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकी छन् ।


शनिवार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छन् । च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटघाट गर्ने बताइएको छ ।

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ ।
नेपालमा भारत र अमेरिकी नेताहरुको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरुको नेपाल आउनेक्रम पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद ढकालसँग बजेट माग गर्दै राप्तीसोनारीवासी

६ श्रावण २०८०, शनिबार १६:४७
राप्तीसोनारी (बाँके) : बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सुर्य ढकाललाई राप्तीसोनारी गाउँपालिकाका स्थानीयले बजेट माग गरेका छन् । राप्तीसोनारी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा टिनका छाना मुक्त मुक्त बनाउन आवश्यक बजेट माग गरेका हुन् । राप्ती सोनारी गाउँपालिका कूल सामुदायिक विद्यालयहरु कूल ५४ वटा रहेका छन् । जसमध्य २० […]

सम्बन्धित