सदरलाइनडटकम,
रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट इन्चार्जसहित दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव निरीक्षक हेम बहादुर शाहीको नेतृत्वमा गएको टोलीले प्रतिबन्धित नेकपाका रौतहट जिल्ला इञ्चार्ज ’संकेत’ भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई शनिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । उनीहरुको साथबाट एकथान नलकटुवा पेस्तोल र एकथान ग्रिनेड बरामद भएको उपरीक्षक शाहीले जानकारी दिए ।
