विमानस्थलको रन वेमा वन्यजन्तु भेटिएपछि कर्मचारी तनावमा

सदरलाइन संवाददाता २० मंसिर २०७९, मंगलवार १४:२१
 

नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलमा रहेको रन वे नजिक मंगलवार बिहान वन्यजन्तु (निलगाई) भेटिएपछि विमानस्थल कर्मचारी तनावमा परेका छन् । रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ ।

रनवे नजिक रहेको झाँडीमा अहिले पनि निलगाई लुकेर बसेकाले धपाउने प्रयास भइरहेको विमानस्थल कार्यालयका प्रमुख सुरेशप्रसाद खनालले बताए । उनका अनुसार मंगलवार बिहान करिव ८ बजेतिर रनवेको छेउमा निलगाई फेला परेको थियो । रनवेमा निलगाई भेटिएपनि विमानस्थल भने सुचारु रहेको प्रमुख खनालले बताए ।

नेपालगञ्ज विमानस्थल हुदै अचेल दैनिक रुपमा काठमाण्डौ र पोखराका लागि मात्रै १४ वटा ठुला जहाजले उडान भरिरहेका छन् । यसका साथै नेपालगञ्जबाट कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि साना जहाजले दैनिक रुपमा करिव एक दर्जन जति उडान भर्छन् ।


काठमाडौंपछि अति ब्यस्त रहने दोस्रो विमानस्थलका रुपमा चिनिने नेपालगञ्ज विमानस्थलको सुरक्षामा भने लापरबाही भइरहेको यात्रुहरु बताउँछन् । उक्त विमानस्थलमा राम्रो तारबार नहुँदा वन्यजन्तु पटक पटक जहाजसँग ठोक्किने गरेको पाइएको छ ।

यसअघि पनि पटक पटक जहाजसँग रनवेमा बँदेल ठोक्किएको घटना सार्वजनिक भएको थियो । विमानस्थलभित्र बढेको झाडीमा बँदेल, स्याल, निलगाई जस्ता वन्यजन्तुहरुले बासस्थान बनाएको स्थानीय बासिन्दा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थायी राजधानी दाङ स्थानान्तरणको काम तीव्र

२० मंसिर २०७९, मंगलवार १४:२१
नेपालगञ्ज : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलवार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको […]