एमाले बाँकेले लगायो स्थानीय तहको उम्मेदवारको टुंगो

१० बैशाख २०७४, आईतवार १८:१५
 

 
सदरलाइनडटकम
१० बैशाख, नेपालगन्ज : स्थानीय निकाय निर्वाचनमा नेकपा एमाले बाँकेले नेपालगन्ज उप–महानगरपालिका र डुडुवा गाउपालिका बाहेकमा प्रमुख तथा उप–प्रमुखको उम्मेदवारको टुंगो प्रदेश नं. ५को सचिवालयबाट लगाएको छ ।
एमाले बाँकेका प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपतिले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिकामा लुटबहादुर रावत प्रमुख र कृष्णा चौधरीलाई उम्मेदवार बनाउने भएको छ । रावत यस अघि भएका निर्वाचनमा तत्कालिन कोहलपुर गाविसका दुई अवधी गाविस अध्यक्ष जितेका व्यक्ति हुन । 
बाँकेको सु्दूर पूर्वको राप्ती सोनारी गाउपालिकाको प्रमुखमा स्थानीय रुपमा डाक्टर उपनामले परिचित तुलसीराम थारु र उपप्रमुखमा चमेली बागवनले टिकट पाएका छन् । यसैगरी नरैनापुर गाउपालिकामा बिक्रम यादवलाई प्रमुखमा र सुनिता यादवलाई उपप्रमुखमा उम्मेदवार बनाएको छ ।
खजुरा गाउपालिकाबाट किस्मतकुमार कक्षपतिलाई प्रमुख र एकमाया विकलाई उपप्रमुुखमा टुंगो लागएको छ । यद्यपी बाँकेको नरैनापुर गाउपालिका र खजुरा गाउपालिका क्षेत्रमा १–१ गाउपालिका थप गर्ने गरी सिफारिस भएको छ ।
जानकी गाउपालिकाबाट रामनिवास यादव प्रमुखमा र भुमिसरा धिताललाई उपप्रमुखमा सिफारिस भएको छ । बैजनाथ गाउपालिकामा मानबहादुर रुचाल र उपप्रमुखमा सारदा विकलाई सिफारिस गरेको छ ।
डुडुवा गाउपालिकाको जिल्ला तथा तल्लो कमिटीले प्रेस चौतारी बाँकेका उपाध्यक्ष समेत रहेका शकिल अहमद खाँलाई प्रमुख र कृष्णवती पाण्डेलाई सिफारिस गरेको भए पनि कसलाई सिफारिस गरियो जानकारीमा आएको छैन् । नेपालगन्ज उप–महानगपालिकामा पार्टीको स्थायी कमिटीले टुंगो लगाउने हो भन्दै प्रदेश कमिटीले माथिल्लो कमिटीमा पठाएको जानकारीमा आएको जिल्ला प्रचार विभाग प्रमुख कक्षपतिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुडुवागाउमा आगलागी हुँदा एकै घरका तीन बालबालिकाको जलेर मृत्यु

१० बैशाख २०७४, आईतवार १८:१५
सदरलाइनडटकम  ११ बैशाख, नेपालगन्ज : बाँकेको डुडुवा गाउपालिका–१ पुडुवा गाउमा आईतबार मध्य रातमा भएको आगलागिमा परेर एकै पविारका ३ जना बालबालिकाको जलेर मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार राती साढे ११ बजेतिर भएको सो आगलागीमा परेर मुन्सी मुराउको छ वर्षिय छोरा पवन मुराउ, ८ वर्षिय रामजी मुराउ र […]

सम्बन्धित