महोत्सवको नाउमा सडक खनेर गेट नबनाउन आग्रह

८ माघ २०७४, सोमबार २०:०५
 

सदरलाइनडटकम 
८ माघ, नेपालगन्ज : महोत्सवको नाममा सडक खनेर खाडल नबनाउन नेपालगन्ज उद्योग बाणिज्य संघलाई यहाँका नागरिक अगुवाहरुले आग्रह गरेका छन् । नेपालगन्जको सडक बाटो संरक्षणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघको ध्यानाकर्षण गराईएको छ ।
निर्माण नसकिदै खाल्डा—खुल्डीमा रुपान्तरण भएको सुर्खेतरोड सडकखण्ड खनेर नेपालगन्ज उद्योग बाणिज्य संघले व्यापार मेलाका लागि स्वागत गेट बनाउन थालेपछि संघको ध्यानाकर्षण गराईएको हो ।
विभिन्न प्रकारका मेला, सांस्कृतिक कार्यक्रम र राजनीतिक कार्यक्रमहरुमा स्वागत व्यानर लगाउने क्रममा सुर्खेत रोडको दायाबाया तर्फको सडक खनी खाल्डो पार्ने गरिएका कारणसडक विग्रने, कुरुप हुने गरेको उल्लेख गर्दै नेपालगन्जका ४ जना स्थानीय बासिन्दाहरुले नेपालगन्ज उद्योग बाणिज्य संघमा निबेदन दर्ता गर्दै संघको ध्यानाकर्षण गराएका हुन् ।
विभिन्न सार्वजनिक सरोकारको विषयमा निरन्तर रुपमा आवाज उठाउदै आईरहेका नेपालगन्ज उपमहानगरपालिका–१२ का नमस्कार शाह, वडानम्वर १० का लोकबहादुर शाह, वडानम्बर १२ अधिवक्ता विकास आचार्य र वडानम्बर २ निवासी अभिवक्ता सुदिप भट्टराईले सँघको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
निबेदकहरुले नेपालगन्ज उद्योग बाणिज्य संघले गर्न थालेको प्रादेशिक व्यापारिक मेलाका क्रममा व्यानर, गेट लगाउने प्रयोजनका लागि सडकबाटोमा कुनै पनि किसिमको खाल्डो नखनी, नखनाई सार्वजनिक सडकबाटोको संरक्षण सम्वद्र्धन गर्न अनुरोध गरेकाछन् । उनीहरुले सडकबाटोमा कुनै किसिमको खाल्डो खनिएको भए पूर्वअवस्थामा नै जस्ताको तस्तै निर्माण गर्न समेत अनुरोध गरेका छन् ।

Next Post

जयमंगलम् सिमेन्ट्सले बजारमा ल्यायो गौरव पीपीसी र रक स्ट्रोङ्ग पीपीसी सिमेन्ट

८ माघ २०७४, सोमबार २०:०५
सदरलाइनडटकम ८ माघ, नेपालगन्ज : जयमंगलम् सिमेन्ट्स प्रालि गनापुर बाँकेले दुई नयाँ उत्पादन बजारमा ल्याएको जनाएको छ । जयमंगलम् सिमेन्ट्सका सञ्चालक संजयकुमार अग्रवालले नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएका हुन । उनले सुरुको अवस्थामा स्टार ओपीसी सिमेन्ट र यति पीपीसी सिमेन्टका ब्रान्डको सिमेन्ट मार्फत यसक्षेत्रका ग्राहक माझ […]