आइतवार नेपालगञ्ज उपमहानगरपालिका बन्द

सदरलाइन संवाददाता ९ माघ २०७८, आईतवार १३:५५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का वडा सदस्य जाफर हुसैन अन्सारीको निधनमा आइतवार नेपालगञ्ज उपमहानगरपालिका बन्द भएको छ ।

उपमहानगरपालिकाद्वारा जारी सूचनामा अन्सारीको निधनप्रति शोक व्यक्त गर्दै आज नेपालगञ्जका २३ वटै वडा कार्यालयहरु समेत बन्द गरिएको जनाइएको छ । साथै सूचनामा अत्यावश्यक कार्य भने हुनसक्ने उल्लेख गरिएको छ ।


वडा सदस्य अन्सारीको शनिबार अपरान्ह साढे ४ बजे निधन भएको थियो । अन्सारीको आइतवार वडा नम्बर ४ मा अवस्थित स्थानीय कब्रिस्तानमा अन्तिम संस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिरबाट लडेर प्युठानमा १ को मृत्यु

९ माघ २०७८, आईतवार १३:५५
नेपालगञ्ज : प्युठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माण्डवी गाउँपालिका १ धुरुङ बस्ने अन्दाजी २५ वर्षीय बसन्त विक रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । दाङको घोराहीदेखि प्युठानमा गाडिबाट ओर्लिएका विकको घर तर्फ पैदल जादै गर्दा शनिवार राती करिव ८ बजे भिरबाट लडेर […]

सम्बन्धित