राप्तीनदीमा डुबेर दुई युवतीको ज्यान गयो

सदरलाइन संवाददाता १८ मंसिर २०७९, आईतवार १४:५५
 

नेपालगञ्ज : राप्ती नदीमा दुई युवती पानीमा डुबेर मृत अवस्थामा फेला परेका छन् । बयर टिप्न राप्ती नदीको टापुमा पुगेका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव भेटिएको छ ।

शनिवार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए ।

शनिवार बेलुकासम्म पनि उनीहरूको खोजी गर्दा नभेटिएकोमा आज बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुवै युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । तीमध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भए पनि दुई जना बेपत्ता भएका थिए ।

नदीमा डुबेर बेपत्ता भएका दुवै युवतीको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीको क्रममा फेला पारेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्षतिपूर्ति नपाउँदा नरैनापुरका किसानलाई हातमुख जोर्न समस्या

१८ मंसिर २०७९, आईतवार १४:५५
नरैनापुर (बाँके) : बेमौसमी वर्षातले काटेको र काट्न तयारी अवस्थामा रहेको धानवालीमा क्षति पुगेका बाँकेको नरैनापुर गाउँपालिकाका किसानले अझैसम्म राहत रकम पाएका छैनन् । वर्षातले क्षति पुर्याएका किसानलाई राहत रकम दिन क्षतिको विवरण संकलन भएपनि अहिलेसम्म नपाएको नरैनापुर गाउँपालिका ६ गंगापुरका आशाराम यादवले बताए । उनले राहत रकम आएको सुने […]