विभिन्न आरोपमा बाँकेमा दुई जना पक्राउ

११ श्रावण २०७७, आईतवार १४:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विभिन्न आरोपमा बाँकेमा दुई जना पक्राउ परेका छन् । मोटरसाइकल चोरेको आरोपमा सल्यान कुपिण्डेदह नगरपालिका वडा नं. १ का २९ वर्षीय अर्जुन शाही पक्राउ परेका छन् ।
डुडुवा गाउँपालिका वडा नं. ३ का खेम थापाको भे ४ प ६१३९ नेम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा उनलाई मोटरसाइकलसहित नेपालगञ्जको बसपार्कबाट पक्राउ परिएको बाँके प्रहरीले जनाएको छ ।



यस्तै राजश्व छलेको आरोपमा राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का ३३ वर्षीय उमेशकुमार दिक्षित पक्राउ परेका छन् । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको प्रेशर कुकरमा प्रयोग हुने वासरसहित दिक्षित डुडुवाको कम्दीबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

यातायात कर्मचारीमा कोरोना, कार्यालय शील

११ श्रावण २०७७, आईतवार १४:३२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयको सवारी शाखामा कार्यरत २२ बर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सेवाग्राहीको अत्याधिक चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तत्कालका लागि सबै काम बन्द गरेर कार्यालय शील गरिएको छ । […]