बाँकेमा बुधवार १३ संक्रमित थपिए, १७ डिस्चार्ज

सदरलाइन संवाददाता २३ भाद्र २०७८, बुधबार १४:४६
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा १ र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ८ जना छन् ।

नेपालगञ्जका २, राप्तीसोनारीका २, खजुराका ३ र डुडुवा गाउँपालिकाका १ जना हुन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ६९ पुगेको छ ।


यस्तै बुधवार थप १७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ७२ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ९८ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १४ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । १५ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ चयन

२३ भाद्र २०७८, बुधबार १४:४६
नेपालगञ्ज : १० बुँदे सुझाव कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नेकपा एमालेले नेतृत्व चयन गरेको छ । नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ चयन भएका छन् । यस्तै उपाध्यक्षमा किस्मत कुमार कक्षपति, सचिवमा रत्न खत्री र उपसचिवमा प्रमोद धिताल चयन भएका छन् । यस्तै बर्दियामा लालबहादुर श्रेष्ठ अध्यक्ष […]