क्षतिपूर्ति नपाउँदा नरैनापुरका किसानलाई हातमुख जोर्न समस्या

सदरलाइन संवाददाता १८ मंसिर २०७९, आईतवार १५:०२
 

नरैनापुर (बाँके) : बेमौसमी वर्षातले काटेको र काट्न तयारी अवस्थामा रहेको धानवालीमा क्षति पुगेका बाँकेको नरैनापुर गाउँपालिकाका किसानले अझैसम्म राहत रकम पाएका छैनन् ।

वर्षातले क्षति पुर्याएका किसानलाई राहत रकम दिन क्षतिको विवरण संकलन भएपनि अहिलेसम्म नपाएको नरैनापुर गाउँपालिका ६ गंगापुरका आशाराम यादवले बताए । उनले राहत रकम आएको सुने पनि अहिलेसम्म नपाएको बताए ।

नरैनापुर गाउँपालिका ५ मटिहियाका सोहनलाल यादवले पनि गत वर्षको राहत रकम नपाएको गुनासो गरे । बेमौसमी वर्षातले धानवालीमा पुर्याएको क्षतिको विवतरण बुझाए पनि अहिलेसम्म राहत रकम नपाएको उनले बताए ।


राहत रकमका लागि गाउँपालिका धाएर थाकिसकेको नरैनापुर गाउँपालिका ४ नरैनापुरका जाकिर खाँले बताए । उनले राहत रकम नपाउँदा पेट पाल्न समस्या भएको गुनासो गरे ।

समयमा वर्षात नभएपछि नरैनापुर गाउँपालिकाको ८५ प्रतिशत जमिनमा धान रोपाई भएको छैन । रोपाई नभएपछि गाउँपालिकाले सुखा क्षेत्र घोषणा गरेको छ । यस गाउँपालिकामा आठ गुणा कम धान उत्पादन भएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस सहमहामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

१८ मंसिर २०७९, आईतवार १५:०२
बाजुरा : नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् । थापाले २६ हजार ३ सय ४९ […]

सम्बन्धित