जिल्ला अस्पताल बैतडी सुदूरपश्चिममै उत्कृष्ट अस्पताल

सदरलाइन संवाददाता १७ मंसिर २०७९, शनिबार १३:५७
 

बैतडी : जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो ।न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले बताए ।

वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अङ्क ल्याएको थियो । सो अस्पताल यही मङ्सिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अङ्क ल्याउँदै प्रथम हुन सफल भएको हो । विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अङ्क दिइएको जनाइएको छ ।


प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस, हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै प्रथम हुन सफल भएको अस्पतालका प्रमुख डाक्टर श्रेष्ठले बताए । न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउनेतर्फ लाग्ने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिद्यालयमा मोबाईल ल्याउने विद्यार्थीलाई कारवाही गर्न निर्देशन

१७ मंसिर २०७९, शनिबार १३:५७
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाको शिक्षा शाखाले बिद्यालयमा बिद्यार्थीहरुलाई अनुशासनमा राख्न कडा कदम चालेको छ । शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालले सार्वजनिक बिज्ञाप्ती जारी गर्दै बिद्यार्थीहरुलाई मुन्द्रा र बाला लगाउने बिद्यार्थीहरुलाई कारवाही गर्न सम्बन्धित बिद्यालयलाई निर्देशन दिएको छ । त्यस्तै, भद्दा र अनावश्यक कपाल पाल्ने, बिद्यालयमा मोबाईल बोकेर आउने, […]