‘सूचना प्रविधिमा अभ्यस्थ नहुँदा स्मार्ट सिटी बनाउन सकिएन’

७ श्रावण २०७६, मंगलवार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापामगरले प्रविधिको प्रयोगमा आमनागरिकहरु अझै अभ्यस्त हुन नसक्दा सुचना प्रविधिको क्षेत्रबाट प्रवाह गर्ने सेवा सुविधा प्रभावित भएको बताएकी छन् ।
कम्प्युटर एशोसियशन नेपाल महासंघ, बाँकेले नेपालगञ्जमा आयोजना गरेको डिजिटल बित्तीय सेवा सम्बन्धी अन्तरक्रियाको उद्दघाटन गर्दै उप–मेयर थापाले आमनागरिकलाई सूचना प्रविधिका बारेमा जानकारी गराउन आवश्यक रहेको बताईन ।
उनले सूचना प्रविधिमा नागरिकहरु अभ्यस्थ नहुँदा स्मार्ट सिटी बनाउन नसकिएको कुरमा जोदिदै भनिन–‘नेपालगञ्जलाई सूचना प्रविधिमैत्री बनाउन एप्स, वेयभसाईड लगायतको व्यवस्था गरेका छौं । तर त्यसका माध्यमबाट थोरै मात्र सेवाग्राहीले सेवा लिइरहनुभएको छ । यसमा हामी सन्तोष मानिरहेका छैनौ ।’ उनले मात्र ५ प्रतिशत भन्दा मुनीले मात्र सुचना प्रविधिको प्रयोग गरेको हुनसक्ने आशंका गरिन ।
उप–मेयर थापाले सूचना प्रविधिका बारेमा अभ्यस्त हुन बाँकी नै रहेको कुरामा जोडदिदै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संघसंस्थाको सहयोग लिएर यसका बारेमा जनचेतना फैलाउने योजना रहेको बताईन ।
कार्यक्रममा बोल्दै क्यान महासंघ केन्द्रीय सदस्य आईपी पोखरेलले सूचना प्रविधि बिना देशले चाहेको सम्बृद्धि आउन नसक्ने बताए ।
क्यान महासंघका प्रशिक्षक समेत रहेका ईञ्जिनियर उत्तम कार्कीले सरकारले डिजिटल नेपालको परिकल्पना गरेको भए पनि सो क्षेत्रको विकासको लागि बजेट विनियोजन नगर्नु दुखद कुरा भएको बताए । उनले केन्द्रदेखि स्थानीय सरकारले आईटीको महत्व बुझन नसकेको कारण आईटी क्षेत्रले आफ्नो काम खुलेर गर्न नपाएको बताए ।
सुचना प्रविधिका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाले बताए । कार्यक्रममा केशव आचार्य, डिना श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए ।

Next Post

नगर बस संचालनको अन्तिम तयारीमा उप–महानगरपालिका

७ श्रावण २०७६, मंगलवार १९:०७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले नगर र गाउबीच जोड्ने उद्देश्यले सञ्चलनमा ल्याउन लागेको सार्वजनिक बसका लागि कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । उप–महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बस संचालनका लागि मंगलबार चालक छनौंटका लागि प्रयोगात्मक परीक्षा लिइएको जानकारी दिए । चालक छनौंट प्रक्रियालाई पारदर्शी र निष्पक्ष […]