कर्णाली प्रदेशसभाको बैठक विपक्षीद्वारा अवरुद्ध

२३ आश्विन २०७५, मंगलवार १५:०१
 

सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । कर्णाली सरकारका काम कारबाहीप्रति असन्तुष्टी जनाउँदै मंगलवार कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसका प्रदेशसभा सांसद दिनबन्धु श्रेष्ठले प्रदेश सरकारले चार महिनासम्म पनि बजेटको रातो किताब उपलब्ध नगराएको भन्दै सरकारको आलोचना गरे । कर्णाली प्रदेश सरकारका राम्रा कामको सधैँ समर्थन गरिरहेको भन्दै उनले सरकारले जनताको समस्यालाई बेवास्ता गरेको आरोप लगाए ।
महत्वपूर्ण विधेयकलाई पनि अघि नबढाएको, सदनलाई दुई महिनासम्म कामबिहीन बनएको भन्दै सांसद श्रेष्ठले मुख्यमन्त्रीबाट उचित जवाफ नआएसम्म सदन अवरुद्ध राख्ने बताए ।
कर्णाली सरकार स्वच्छेचारी ढंगले चलेको, जनताप्रति गम्भीर नभएको, बजेट कार्यन्वयन तर्फ ध्यान नदिएको आरोप कांग्रेसले आरोप लगाएको छ । धेरै दिनपछि बसेको कर्णाली प्रदेशको प्रदेशसभा बैठक पहिलोपटक आफ्नै भवनमा बसेको हो ।

Next Post

शरीरबाट सरिया झिकिएपछि तिलाको होस खुल्यो, अवस्वथा खतरामुक्त

२३ आश्विन २०७५, मंगलवार १५:०१
सदरलाइनडटकम, दाङ : सडक दुर्घटनामा परी छातीमा गाडिएको तीन वटा सरिया करिब २५ घण्टामा निकालेपछि घोराही ३ झिङनीकी तिला परियारको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको चिकित्सकहरुले बताएका छन् । काठमाण्डौस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचारत तिलाको आज बिहान ७ बजे होस खुलेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त […]