नेपालगञ्ज जेसिजद्वारा सूचनामुलक बोर्ड स्थापना

२२ मंसिर २०७६, आईतवार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज जेसिजले नेपालगञ्जका दुई स्थानमा सूचनामुलक स्वागत बोर्ड राखेको छ । दुबै स्थानमा राखिएको बोर्डको आइतवार एक समारोहकाबीच अनावरण गरिएको छ । राँझा चोक र नेपालगञ्जको ट्राफिक चोकमा सो स्वागत बोर्ड राखिएको हो ।
स्वागत बोर्डलाई नेपालगञ्ज जेसिज वर्ष १९९५ का अध्यक्ष दमन कुमार श्रेष्ठले उद्घाटन गरे । नेपालगञ्ज जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा बोर्ड अनावरण कार्यक्रम संयोजक पिंकी शाहका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा बोर्ड स्थापना गरिएको हो । बोर्डमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि सूचना समेत राखिएको छ ।
सवारी साधान सुरक्षितरुपले चलाउनुहोस, घरमा तपाईका परिवारले पर्खिरहेका छन् भन्ने सूचनामुलक सन्देश बोर्डमा लेखिएको छ । रोशन बस्नेतले सञ्चालन गरेको कार्यक्रममा नेपालगञ्ज जेसिज वर्ष २०१९ का अध्यक्ष रत्नकाजी शाक्य, वर्ष २०१५ का अध्यक्ष भेषराज बस्नेत, वर्ष २०१७ का अध्यक्ष बिशाल बिक्रम बर्मालगायतका जेसिज पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Next Post

घुससहित दाङमा प्रहरी नायब निरीक्षक पक्राउ

२२ मंसिर २०७६, आईतवार १८:३३
सदरलाइनडटकम, नेपालगञ्ज : दाङमा एकजना प्रहरी नायव निरीक्षक (सई) घुससहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत सई हेमन्त केसीलाई सात हजार घुस लिँदालिँदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकार लोकमणी पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ […]