चक्रबहादुर अधिकारीको नेतृत्वमा समावेसी प्यानलद्वारा उम्मेदवारी घोषणा

८ श्रावण २०७४, आईतवार १९:११
 

सदरलाइनडटकम 
८ साउन, कोहलपुर : बाँकेको कोहलपुरमा व्यापारीहरुलाई आफ्नो नेता छनौटको लागि चुनावी सरगर्मी बढेको छ । आगामी साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्व छनौटको लागि हुन लागेको चुनावी अधिवेशनमा होएिका छन् ।
यसैक्रममा सो निर्वाचनका लागि संयुक्त समावेसी प्यानलले आईतबार कोहलपुरमा उम्मेदवारी घोषणा गरेको छ । संयुक्त समावेशी प्यानलका तर्फबाट कोहलपुरका व्यवासायी चक्रबहादुर अधिकारीको नेतृत्वमा २१ सदस्यीय कार्य समितिका लागि उम्मेदवारी घोषणा गरेको हो ।
संयुक्त समावेशी प्यानलको आवश्यकता व्यवसायीक, हक हित र अधिकार हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ चुनावी मैदानमा उत्रिएको समावेसी प्यानलले व्यवसायीक उद्योगी र व्यापारीहरुलाई निर्वाचनमा उम्मेदवार बनाएको जनाएको छ ।
साउन १५ गते हुने निर्वाचनमा समावेसी प्यानलका तर्फबाट वरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्मा, उद्योग तर्फका उपाध्यक्षमा देवानन्द अर्याल, वाणिज्य तर्फको उपाध्यक्ष पदमा लक्ष्मण पौडेल ,महासचिव पदमा तेजप्रसाद अधिकारी, उप–महासचिव पदमा मातृका सापकोटा , कोषाध्यक्ष पदमा सुनिल खनाल, सह कोषाध्यक्ष पदमा ईश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै वस्तुगत सदस्य पदमा रेखीराम विक, खुला सदस्यहरुमा खुम बहादुर खत्री, चण्डीप्रसाद गैरे, टिकाराम देवकोटा, तेजबहादुर शाही , दिपक बहादुर भण्डारी, धनबहादुर बुढाथोकी, नविन खड्का, प्रेम सुवेदी, यज्ञराज रेग्मी, सिता काफ्ले, अन्जना धिताल र संगिता सुवेदी उम्मेदवार भएका छन् ।
उम्मेदवारी घोषणामा आफ्ना विभिन्न १५ बुँदे प्रतिबद्धता सार्वजनिक समेत गरेका छन् । घोषणा पत्रमा अध्यक्षको कार्यकाल एक अवधीका लागि मात्रै रहने, अर्को पटक अध्यक्षका उम्मेदवार पुन अध्यक्ष पदमा नउठ्ने ,व्यापारीहरुको हक हितका लागि कार्य गर्ने, घरबेटी र व्यापारी बिचको सम्बन्ध सुमधुर बनाउने, औद्योगीक
व्यापार मेलाबाट संकलित रकमको हर हिसाब किताब २ महिना भित्रै सार्वजकि गर्ने यसोसियटहरुको समेत कार्यालय अट्ने गरी कार्यालय बनाउने लगायतका प्रतिबद्धता समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपचार गराईंदिने बाहानामा भारत लैजान खोज्ने श्रीमान सहित ३ प्रहरी नियन्त्रणमा

८ श्रावण २०७४, आईतवार १९:११
सदरलाइन / सपना विष्ट ८ साउन, नेपालगन्ज : आफ्नै श्रीमतीलाई उपचार गराउछु भन्दै नेपालगन्ज पु¥याउदै भारत लैजान खोजेको आरोपमा बाँके प्रहरीले श्रीमान सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । सानाहातहरु नेपाल र बाँके प्रहरीको सहकार्यमा बाँकेको कोहलपुर र नेपालगन्जमा गरी ३ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको ईलाका प्रहरी कार्यालय […]