जानकी (बाँके) : १६दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्र्तगत अखिल नेपाल महिला संघ बाँकेले जानकी गाउँपालिकामा रहेको शिबपुरी माविमा कविता प्रतियोगित सम्पन्न गरेको छ ।
अनेमसंघ बाँकेद्वारा आयोजना गरिएको कविता प्रतियोगितामा शिबपुरी मावि शिबपुरका सहिल ओझा प्रथम ,प्रमोद कादु दुतिय, महिमा कादु तृतिय र सान्त्वनामा राजेश स्वर्णकार विजयी भएका छन ।
अनेमसंघ बाँकेकी अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले महिला हिंसा अन्त्यको निम्ति हामी सबैले म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसा हुन दिन्न भन्ने प्रतिवद्धता गर्न र व्यवहारमा उतार्न जरुरी रहेको औल्याईन ।
उनले बालबालिकाहरुले किशोराबस्थादेखि नै हिंसा नगर्ने र नसहने हो भने हिंसा न्युनिकरण गर्न सकिने बताईन । सानाबालिका घरैबाट हिंसा र बलात्कृतको शिकार बन्नु परेका उदाहरण दिदै प्रमुख अथिति पोखरेलले लैंगिक हिंसाको जरो घरैदेखि उखेलेर फाल्न जरुरी रहेको औल्याइन । अनेमसंघ जिल्ला कमिटी सदस्य जयन्ती खत्रीले हिंसा न्युनिकरणको निम्ति १६ दिन मात्र नभइकन ३ सय ६५ दिननै सबै जाग्न जरुरी भएकोमा जोड दिइन ।
अनेमसंघ गाउँपालिका अध्यक्ष गगां भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिबपुरी माविका प्रधानअध्यापक देबबहादुर रानाले हिंसा न्युनिकरण गर्नको निम्त घर परिवार र समाज सचेत हुन जरुरी रहेको बताए । कार्यक्रममा विद्यालयका ५ सय भन्दा बढि विद्यार्थीको सहभागीता रहेको थियो ।
यसैगरी नेकपा एमाले जानकी गाउँपालिकाका अध्यक्ष दोर्ण थापा, अनेमसंघ प्रदेश कमिटी सदस्य लक्ष्मी हमाल, अनेमसंघ जिल्ला कमिटी उपसचिव ज्ञानु स्वर्णकार स्कुलका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।