भेरी अञ्चल ट्रक, मिनि ट्रक, ट्याङ्कर यातायात समितिको १० औ अधिवेशन सुरु

१९ पुष २०७३, मंगलवार १२:५०
 

सदरलाइनडटकम  
१९ पुस, नेपालगन्ज : भेरी अञ्चल ट्रक, मिनि ट्रक, ट्याङ्कर यातायात समितिको १० औ अधिवेशन तथा १८ औ साधारण सभा नेपालगन्जमा सुरु भएको छ । नेपाल ट्रक, मिनि ट्रक, ट्याङ्कर यातायात व्यावसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले उद्घाटन गरेको सो अधिवेशन दुई दिनसम्म चल्ने बताईएको छ ।
समितिका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा सुरुभएको उद्घाटन सत्रमा बोल्ने बिभिन्न वक्ताहरुले बन्द हड्तालको कारण आफ्नो लगानी अत्यन्तै जोखिममा पुगेको र राज्यले अत्यन्तै हेयको दृष्टिले आफुहरुलाई हेदै आएको गुनासो गरेका थिए । ‘राज्यका हरेक दुखमा हामी व्यावसायी सधै सहयात्री र सहयोगी बन्ने तर, राज्यले जहिले पनि हेय र उपेक्षाको शिकार बनाउने कारण हाम्रो व्यावसाय जहिले पनि धराप मै पर्ने’–उनीहरुको कथन थियो ।


समितिका संस्थापक अध्यक्ष मोहन केसीले राज्यले देसका सबै ठाँउमा ट्रक पार्कको व्यवस्था गर्नु पर्ने माग गरे । उनले भने–‘देसभर कहि कतै पनि ट्रकको लागि पार्किङ्ग गर्ने स्थान छैन सडकको किनारामा राख्दा सधै ट्राफिक र प्रहरीबाट त्रसिद हुनु पर्ने अवस्था छ त्यसैले सबै शहरमा ट्रक पार्किङ्गको व्यवस्था राज्यबाट गरिनु पर्छ ।’
समितिका महासचिव किसन गुरुङ्गले संगठनको प्रतिवेदन प्रस्तुत गर्दै समितिमा सबै किसिमका करिव ४ सय साधन रहेको जानकारी दिए । कोषध्यक्ष टिपी न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्दघाटन सत्रमा बसन्त मल्ल, टंक बस्याल, निमबहादुर चलाउने, यातायात व्यवस्था कार्यालय बाँकेका अधिकृत धु्रव देवकोटा, नारायणी ट्रक तथा मिनि ट्रक व्यावसायी समितिका अध्यक्ष बद्रीप्रसाद चौलयागाई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिब्रो फेर्ने नेताको कारण आजित भएर राप्रपामा प्रवेश गरेकी हुँ : रेखा थापा (भिडियो सहित)

१९ पुष २०७३, मंगलवार १२:५०
सदरलाइनडटकम      २० पुस, नेपालगन्ज :चर्चित अभिनेतृ तथा राप्रपाकी नेतृ रेखा थापाले कलाक्षेत्रबाट नीति निर्माण तहमा पुग्न नसकेको कारणले कलाक्षेत्र जर्जर भएकोले आफु पनि केही गर्छु है भनेर राजनीतिमा लागेको बताएकी छन् । उनले कलाकारले देश र जनताको लागि सकारात्मक सन्देस दिने काम पर्दाको माध्यामबाट गर्दै आएकोले अवका दिनमा राजनीति […]