एचसीआरसी अस्पतालमा लेजर प्रविधिबाट सौन्दर्य केयर सेवा

सदरलाइन संवाददाता ९ मंसिर २०७९, शुक्रबार १६:२५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित चारबाहिनी रोडमा रहेको एचसीआरसी अस्पतालले पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक लेजर प्रविधिबाट ‘सौन्दर्य केयर’ सेवा सुरु गरेको छ ।

अस्पतालमा शुक्रबार बिहान एक औपचारिक कार्यक्रमका बीच उक्त सेवा सुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद डा. धवलसम्शेर राणाले औपचारिक रुपमा उदघाटन गरे ।

सो क्रममा अल्मा लेजर नेपालका कार्यकारी प्रमुख रामशरण मल्लले विश्वको नम्बर एक ‘सोप्रानो आईसिइ प्लाटिनम’ लेजर उपकरण अस्पतालका संस्थापकद्धय डा. कुमार शान शाह र डा. मञ्जु बिसी शाहलाई हस्तान्तरण गरेका थिए ।


‘सोप्रानो आईसिइ प्लाटिनम’ लेजरद्धारा शरीरमा रहेको अनावश्यक रौं सधैका लागि हटाउने, बोटक्स, फिलर्स तथा फेस लिफ्टिङ प्रबिधिद्धारा झोलिएको छाला र चाउरीपन हटाउने, लेजरद्धारा योनिलाई कसिलो तथा टाइट बनाउने, लेजरद्धारा महिलाहरुको पिसाव चुहिने समस्याको उपचार, दुरविन प्रबिधिद्धारा पाठेघरको जाँच, पाठेघरको मुख सेकाई गरिने अस्पतालले जनाएको छ ।

यस्तै लेजरद्धारा शरिरमा रहेको ट्याटु हटाउने, छालामा भएका खाल्टा खुल्टी मिलाउने, मुसा, कोठी, मासु पलाएको हटाउने, पि.आर.पी.(कपाल उमार्ने उपचार), बायोप्सीबाट छालामा देखापर्ने रोग पत्ता लगाउने, छाला यौन तथा कुष्ठरोग उपचार, हाईडा फेसियल, कार्वन फेसियल, भ्याम्पायर फेसियल सेवा प्रदान गरिने अस्पतालका ब्यवस्थापक रमेश सिटौलाले जानकारी दिए ।

औपचारिक रुपमा उदघाटन नभएपनि उक्त अस्पतालमा हाल स्वास्थ्य परिक्षणको विशेषज्ञ सेवा, जनरल मेडिसिन, बालरोग सेवा, अत्याधुनिक अप्रेशन थियटर, अत्याधुनिक एनआईसियु, अत्याधुनिक इमेरजेन्सी, कोल्पोसकपी, निदान र उपचारात्मक हिस्टेरेस्कोप, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, पूर्ण प्रसुती, भर्ना, फार्मेसी, आईसियु सहितको अत्याधुनिक एम्बुलेन्स, बाँझोपनको उपचार, प्रजनन स्वास्थ्य, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, पाठेघरको क्यान्सर पहिचान, पाठेघरको सेकाइ, परिवार नियोजन सम्बन्धी सम्पूर्ण सेवा सञ्चालनमा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तिसोनारी हुँदै नरैनापुरको सुइया बगौडासम्म पुगे ढकाल

९ मंसिर २०७९, शुक्रबार १६:२५
राप्तीसोनारी (बाँके) : प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भैइसकेपछि नेकपा एमाले बाट निर्वाचित भएका सुर्य ढकाल स्थानीय मतदातालाई धन्यवाद ज्ञापन गर्न राप्तिसोनारी हुँदै नरैनापुर सुईया बगौडा सम्म पुगेका छन् । ढकाल नरैनापुर पुगेपछि स्थानिय युवा जनता र मतदाता निकै उत्साहित हुँदै पालिकाका छ वटै वडाक फुलमाला अबिर लगाई स्वागत गरेर […]