दाङ जीप दुर्घटनामा मृतकको संख्या चार पुग्यो

सदरलाइन संवाददाता २७ मंसिर २०७८, सोमबार १३:२३
 

नेपालगञ्ज : तुल्सीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएका कपुरकोट गाउँपालिका ३ निवासी ५२ बर्षका चन्द्र बहादुर खड्काको आइतवार राति ८ बजे मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।

दुर्घटनामा परी परेर कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकाश शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्काको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ४ जना उपचारपछि घर फर्किएको र ११ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ ।


तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिक आईतवार अपरान्ह साढे चार बजे दुर्घटना भएको थियो ।

सवारी चालक चालक तुलसीपुर ३ का ३२ वर्षीय हेमराज खत्रीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार ४ जनामा कोरोना पुष्टि

२७ मंसिर २०७८, सोमबार १३:२३
नेपालगञ्ज : बाँकेमा सोमवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५४ जनाको नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २५ जनाको नमुना जाँच्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कोहलपुर मेडिकल कलेजमा १३ जना र बागेश्वरी […]