ग्रामिण क्षेत्रका विद्यालयमा भवन भएर पनि आवश्यक फर्निचर नहुँदा पढाई प्रभावित

१७ आश्विन २०७३, सोमबार १३:२१
 

IMG_9779

रुद्र सुवेदी/सदरलाइनडटकम
१७ असोज, नेपालगन्ज: आवश्यक फर्निचर, झ्याल, ढोकाको अभावमा बाँकेको वनकट्टी–४ मा रहेको श्रीमाध्यामिक विद्यालयको दुई तले नयाँ भवन प्रयोग बिहिन भएको छ ।
‘निर्माण पुरा गएिको भए पनि आवश्यक फर्निचर र झ्याल ढोकाको अभावमा नयाँ भवन प्रयोग गर्न नसकिए पछि दैनिक कक्षा सञ्चालनमा समेत कठिनाई हुँदै आएको छ’–विद्यालयका शिक्षक भण्डारीलाल यादवले भने । उनले माध्यामिक तहका विद्यार्थीलाई कक्षा कोठा अपुग भएकोले अन्य कक्षाका विद्यार्थीको सेक्सन घटाएर बचेको कोठामा कक्ष ९ र १० का विद्यार्थीलाई पढाउदा विद्यार्थीको पढाई प्रभावित भएको बताए ।

 जिल्ला शिक्षा कार्यालय बाँकेले २०७१ सालमा २४ लाख सहयोगमा चार कोठासहितको दुई तले भवन निर्माण गरिएको सो भवनमा अहिलेसम्म झ्याल, ढोका र आवश्यक फर्निचर राख्न नसकिएको विद्यालय बिघटित ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिकले जानकारी दिए ।    IMG_9785‘भवन बने पनि आर्थिक समस्याका कारण झ्याल, ढोका र अन्य पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सकेका छैनौ’–अध्यक्ष विकले भने–‘भवन निर्माणको सम्पूर्ण काम सक्न ३९ लाख लाख्ने अनुमान गरिएको थियो ।’


उनले जिल्ला शिक्षामा भवन मर्मत तथा फर्निचरको लागि माग गर्दा पुरानो योजना फच्यौट नभएकोले नयाँ योजना दिन नमिल्ने भन्दै जिल्ला शिक्षा पन्छिएको दुखेसो पोख्दै भने–‘ जहा पनि कुरा भनसुन र पहँुचकै हुँदो रहेछ । हाम्रो जस्तो योजना लगेका अरु विद्यालयमा हाम्रो जत्ति पनि काम नपुगेको अवस्थामा अरु योजना परेको छ । तर हाम्रो विद्यालयमा भने पुरानो योजना फच्र्यौट नगरी नयाँ योजना दिन नमिल्ने भन्दै रोकिएको छ ।’

  बाँकेको बनकट्टीमा रहेको श्रीमावि बनकट्टीमा बजेट अभावमा निर्माण पुरा हुन नसकेको भवन ।

  उनले ३९ लाखको लागत स्टेमेटमा जिल्ला शिक्षा कार्यालयले ४ कोठे भवनको लागि २४ लाख दिएको र बाँकी १५ लाख विद्यालयले आन्तरिक स्रोतबाट जुटाउनु पर्ने भएपनि निम्न आयस्तर भएका अभिभावकबाट विद्यालयले सो रकम केही गरी पनि उठाउन नसक्दा भवन निर्माण भएपनि आवश्यक फर्निचर, झयाल, ढोका बनाउन कठिन भएको गुनासो गरे ।उनले भने–‘ दैनिक ज्याला मजदुरी गरी जीविको चलाउदै आएका अभिभावकले कसरी विद्यालय निर्माणको लागि सहयोग गर्न सक्छन र जे जति सक्थे गरे तर पनि झ्याल ढोका नै राख्न नसक्दा कक्षा कोठा भएर पनि प्रयोगमा आउन सकेको छैन ।’ निम्न आय भएका अभिभावकहरुको बाहुल्यता भएका कारण अभिभावकबाट स्रोत जुटाउने सम्भावना नै नभएको उनको भनाई छ । विद्यालयका प्राध्यानाध्यापक मोहमद हुसेनले भने,–अभिभावकबाट उठाउने कुरै भएन । गाविसले दुईजना नीजि स्रोतका शिक्षकका लागि सहयोग गरि रहेको छ । त्यहांबाट कति मागिराख्ने ? अन्य निकायले सहयोग गर्न चासो दिएनन् ।’ विद्यालयको नया“ भवनका लागि जिल्ला विकास समितिसंग लिखित आग्रह गरिएको छ । त्यसबारेमा कुनै जवाफ नआएको बिद्यालयले जनाएको छ ।

बाँकेको बनकट्टीमा रहेको श्रीमावि बनकट्टीमा कक्षा कोठाको अभावमा एउटै कोठामा केचिएर पढ्दै कक्षा १ का बालबालिकाहरु । नयाँ भवन निर्माण भएपनि आवश्यक फर्निचर झ्याल ढोकाको अभावमा सञ्चालनमा नआउदा उनीहरुले सास्ती व्यहोर्नु परेको हो । 

IMG_9782
सांसद विकास कोषबाट पनि कुनै सहयोग लागि हार गुहार गरेको भए पनि कुनै सुनुवाई नभएको गुनासो गर्दै विद्यालयका प्राध्यानाध्यापक हुसेनले भने,–‘धेरैसंग सहयोग माग गरिऔं तर कसैले चासो दिएका छैनन् ।’ विद्यालयमा मावि तहको पिसिएफ दरबन्दी १, निमावि दरबन्दी ३ राहत १, प्रावि तहमा दरबन्दी ४ राहत ३ र निजि स्रोतबाट २ गरी १४ जना शिक्षक÷शिक्षिका कार्यरत रहेको विद्यालयमा ८ सय ८७ विद्यार्थी भर्ना भएका छन ।
उनले कक्षा १, २ र ३ मा धेरै विद्यार्थी छन् । कक्षा १ मा मात्रै १ सय ६७ विद्यार्थी छन् , यसैगरी कक्षा दुईमा १ सय २५ र तीनमा १ सय ७ जना विद्यार्थीलाई पहिला दुई सेक्सनमा विभाजन गरी पढाउदै आईएको भएपनि गत दुई वर्षदेखि एउटै कक्षामा राखेर पढाउन बाध्य भएको उनले गुनासो गरे । उनीहरुलाई सेक्सन बनाएर पढाउनुपर्ने भए मावि तहका विद्यार्थीहरुलाई कक्षा बचाएर राख्नुपर्ने भएका कारण उक्त कक्षका बिद्यार्थीहरुलाई एउटै कक्षामा कोचाकोच गरेर पढाउनुपर्ने बाध्यता रहेको छ । फोटो रुद्र सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैंतिहार महँगी रहित बनाउने आपूर्ती मन्त्रीको उद्घोष

१७ आश्विन २०७३, सोमबार १३:२१
५५ दिनसम्म कुनै पनि उपभोग्य वस्तुको मुल्य बढाउन नदिने, कालोबजारी गर्नेलाई २० वर्ष कैद गर्ने गरि नयाँ काूनन ल्याउने तयारी सदरलाइनडटकम १७ असोज, काठमाडौं : आपूर्तिमन्त्री दिपक बोहराले सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु विक्रि वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने गरि नयाँ कानुन ल्याउने तयारी गरेको […]

सम्बन्धित