नेपालगन्जमा अत्याधुनिक व्युटिपार्लर ट्रेनिङ सेन्टर सञ्चालनमा

३ मंसिर २०७४, आईतवार १९:३७
 

सदरलाइनडटकम 
३ मंसिर , नेपालगन्ज : नेपालगन्जमा अत्याधुनिक व्युटिपार्लर ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । नेपालगन्जको न्युरोड स्थित गुड न्यु आइटीसी ट्रेनिङ सेन्टर र व्युटिपार्लर ट्रेनिक सेन्टरको आईतबार एक समारोहबीच नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्सेर राणाले उदघाटन गरेका छन् ।
काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको गुड न्यु आइटीसी ट्रेनिङ सेन्टर व्युटिपार्लरको शाखा कार्यालय मार्फत अत्याधुनिक सेवा सुविधाका साथ आवश्यक दक्ष तालिम दिइने छ । सो तालिम सेन्टरको उद्घाटन गदै मेयर राणाले तालिमले पार्लर व्यवसाय सञ्चालनले महिलालाई रोजगारीसँगै आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे ।
उदघाटन कार्यक्रममा नेपाल व्युटिसियन एविसी ह्याण्डसका अध्यक्ष सिता पाठकले व्युटिपार्लरले महिलाहरुलाई रोजगारसँगै सकरात्मक सोंचको विकास गराएको दावी गरिन ।



गुड न्यु आइटीसी ट्रेनिङ सेन्टर र व्युटिपार्लर ट्रेनिङ सेन्टरले बेसिक, डिप्लोमा, एडभान्स, स्पेशल ट्रेनिङ दिने संञ्चालिका गिता भण्डारीले जानकारी गराईन । उदघाटन कार्यक्रममा विभिन्न व्युटिपार्लरका संञ्चालिका तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन पत्रकार माधव अधिकारीले गरेका थिए ।

Next Post

उचित बसोबासको योजनासहित मत माग्दै बामगठबनधनका उम्मेदवार

३ मंसिर २०७४, आईतवार १९:३७
सदरलाइनडटकम   ३ मंसिर, नेपालगन्ज : बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारहरुले ५ बर्षे कार्यकालमा गरिबका झुपडी बिस्थापित गर्दै उनीहरुलाई उचित बसोबासको व्यवस्था गर्ने योजना सार्वजनिक गरेका छन । बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आईतबार जानकी गाउँपालिकाको बेलहरीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रतिनिधीसभाका उम्मेदवार […]