भेरी अस्पतालमा न्यूरो मेडिसिन सेवा शुरु

सदरलाइन संवाददाता ९ मंसिर २०७९, शुक्रबार १४:०१
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा न्यूरो मेडिसिन सेवा शुरु भएको छ । अस्पतालले विशिष्टिकृत सेवा बिस्तार गर्ने क्रममा न्यूरो मेडिसिन सेवा पनि शुरु गरेको हो ।

काठमाण्डौबाट डिएम न्यूरो फिजिसियन डा.निरज गौतम भेरी अस्पतालमा आएसँगै यो सेवा शुरु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले जानकारी दिए । विशिष्टिकृत सेवा थप्दै जाने क्रममा न्यूरो मेडिशिन सेवा पनि शुरु गरिएको अस्पतालका मेसु डा. चापागाईले बताए ।


यसअघि न्यूरोको मेडिसिन सेवा नहुँदा बिरामीहरुलाई जाँचका लागि भारत या काठमाण्डौ धाउनुपर्ने बाध्यता थियो । अस्पतालमा न्यूरो फिजिशियन डा.गौतमले ओपीडि सेवा शुरु गरेपछि अब नशाका विभिन्न समस्या जस्तै टाउको दुख्ने, माइग्रेन, हातगोडा झमझमाउने, हातगोडा पोल्ने, पक्षघात, मृगि, स्मरण शक्तिमा कमि जस्ता समस्या भएका बिरामीहरु लाभान्वित हुनेछन् ।

अस्पतालले हाललाई हप्तामा दुईदिन बिहीवार र मंगलवार न्यूरो मेडिसिनको ओपिडि सेवा सञ्चालन गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैङ्गिक हिंसा न्यूनिकरणका लागि अन्तरक्रिया

९ मंसिर २०७९, शुक्रबार १४:०१
सुर्खेत : कर्णाली प्रदेशमा लैङ्गिक हिंसा न्यूनिकरण सम्वन्धी अन्तरक्रिया गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा कर्णालीमा विद्यमान लैङ्गिक हिंसाको अवस्था र न्यूनिकरणका लागि भएका प्रयासका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो । प्रदेश सुशासन केन्द्रको आयोजना र ईन्टरनेशनल आइडिया, युएनडिपीको संसद सहयोग परियोजना र जि.आई.जेडको […]