बाँकेमा हुण्डीको १७ लाखबढी रुपैयाँसहित दुई जना परे प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता ८ आश्विन २०८१, मंगलवार १८:३९
 

नेपालगञ्ज : हुण्डीको कारोबार गरेको आंशंकामा दुई जनालाई १७ लाख बढी रकम सहित नियन्त्रणमा लिएर बाँके प्रहरीेले अनुसंधान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डी कारोबारमा संलग्न दुई जनालाई मंगलबार दिउसो १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैया सहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सुराकीको आधारमा खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडानं.४ गणेशपुर बस्ने मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकी लाई सो नगदसहित नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले हुण्डीको कारोबार भईरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा मोहम्मद कादिर सिद्दिकीको साथबाट निजले बोकेको कालो झोलामा राखिएको नेपाली रुपैया ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा खान तलासी गर्दा नेपाली ७ लाख १० हजार २ सय ५५ तथा भारतीय रुपैया ५९ हजार ५ सय सहित बरामद गरेको बताए ।

उनले बरामद रकमको मुचुल्का गरी दबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाईएको बताए ।

प्रहरी उपरिक्षक कार्कीले प्रहरी नियन्त्रणमा परेका सम्बन्धितलाई पक्राउ गर्ने क्रममा घरको खान तलासी गर्दा उनीहरुको घरबाट विभिन्न बैंकमा विभिन्न व्यक्तिको नाममा जम्मा गरेका बैंक भौचरहरुलगायत बैंकका टोकनहरु समेत बरामद गरिएको र सो बारेमा प्रहरीले अनुसंधान सुरु गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता आबश्यक हुन्छ’

८ आश्विन २०८१, मंगलवार १८:३९
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवल उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको सुशासन प्रबद्र्धन तथा भ्रष्ट्राचार नियन्त्रण सम्वन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथिको छलफल कार्यक्रमलाई सम्वोधन […]