डुडुवाको अध्यक्षमा जनमतबाट रियाज अहमदको उम्मेदवारी

सदरलाइन संवाददाता ४ बैशाख २०७९, आईतवार १६:२३
 

नेपालगञ्ज : सिके राउत नेतृत्वको जनमत पार्टीबाट बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा रियाज अहमद शेषले उम्मेदवारी दिने भएका छन् । उनले डुडुवा गाउँपालिकामा आफ्नो पकड बलियो भएकाले चुनाव लड्न लागेको बताए ।

उनले आफ्नो जित सम्पूर्ण युवाहरुको हुने बताए । उनले जनताहरु पुराना पार्टीबाट आजित भएकाले नयाँ पार्टीकारुपमा आफुलाई विजयी बनाउने बताए ।

आफ्नो उम्मेदवारीबाट जनताहरु उत्साहीत भएको पनि बताए । उनले आफु जितेपछि शिक्षालाई विकास गरिने बताए । उनले डुडुवा पालिका मधेशी र मुस्लिम बाहुल पालिकारहेकाले बालबालिकाको शिक्षाको पहुँचमा ल्याउने बताए । उनले जित्ने आधार भनेकै जनताको आधार भएको बताए ।

उनले अहिलेसम्म जनता ठूला दलको थिचोमिचोमा परेको चुनाव जित्ने आधार जनतानै भएको बताए । आफ्नो पार्टी गरीव र विपन्न समुदायको पार्टी भएकाले सबैले साथ दिने बताए ।


उनले नगरमै चुनाव लड्ने योजना भएपनि डुडुवा गाउँपालिकाबासीले देखाएको सदभावका कारणले डुडुवाबाटै चुनाव लड्न लागेको बताए । उनले बाटोघाटो पुलपुलेसा निर्माणमा आफनो पार्टीले चुनावी एजेण्डा बनाएको पनि प्रतिक्रिया दिए ।

उनले बाटो आवश्यक भएपनि शुरुमा मानिसलाई आत्मनिर्भर बनाउनुनै रहेकोे बताए । उनले खासगरी गरिव र विपन्न समुदायका मानिसहरुको आर्थिक आयआर्जनका लागि पहल गरिने बताए ।

किसानहरुको बारेमा कुनै पनि राजनीतिक दलले चुनावी एजेण्डा नबनाएको भन्दै आफ्नो पार्टी किसानलाई प्राथमिकता दिएको बताए । डा सिके रावतको मुख्य उद्देश्यनै किसान लक्षित रहेकोले उनले आफ्नो चुनावी एजेण्डापनि किसानको हितमा रहने बताए । उनले डुडुवाका सम्पूर्ण किसानको माग सम्वोधनका लागि पहल गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्याङजामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

४ बैशाख २०७९, आईतवार १६:२३
नेपालगञ्ज : स्याङजामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको जिप आज बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडकमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । […]