सेवा प्रवाहका लागि रणनीति बनाउदै उप–महानगरपालिका

२१ माघ २०७४, आईतवार १९:०९
 

सदरलाइनडटकम
२१ माघ नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा सेवा लिन आउने सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगन्ज उप–महानगरपालिकामा आवश्यक रणनीति बनाउदैछ ।
नेपालगन्ज उप–महानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य रणनीति तयार गर्न लागेको हो । समग्र क्षमता विकासमा जोड दिने गरि उप–महानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यसँगको अन्तरक्रिया तथा परामर्शपछि सो तयारी गरिएको हो ।
स्थानीय विकास, सेवा प्रवाह, सुशासनको अभ्यास र प्रर्वद्धनमा अनुभव गरिएका समस्या र आगामी दिनमा अपनाइनु पर्ने रणनीतिमा केन्द्रीत समूहगत छलफल मार्फत सुझाव संकलन समेत गरिएको छ ।
उप–महानगरपालिकाबाट उपलव्ध सेवा र सविधामा विपन्न समुदायको सहज पहुँच वृद्धि गर्न सवल पक्ष, कमजोरी, अवसर र चुनौती पत्ता लगाई आवश्यक कार्ययोजना बनाइने भएको हो ।
जीआईजेडका परामर्शदाता अरुण रेग्मीले विकासमा स्पष्ट र साझा वुझाई तथा दिर्घकालिन योजनासहित कार्यान्वयन प्रक्रियामा जानुपर्नेमा जोड दिए । उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले दुरदर्शीताका साथ योजना बनाइनुपर्ने भन्दै सो अनुसारको तयारी भइरहेको दावी गरे ।
यसैवीच नगरको समग्र विकासको कार्ययोजनाका लागि उपप्रमुख उमा थापामगरको संयोजकतवमा ६ सदस्यीय कार्य समूह बनाइएको छ ।
समूहको सदस्य सचिवमा शाखा अधिकृत गणेश न्यौपाने, सदस्यहरुमा दिपक वर्मा, मो अयूव सिद्धीकी, कौशल धोवी र इन्दिरा शाही रहेकी छन् । समूहको लगत्तै वैठक बसेर थप प्रक्रिया अघि बढाइने उप प्रमुख थापामगरले जानकारी दिईन ।

Next Post

लागूऔषध चरेससहित महिला पक्राउ

२१ माघ २०७४, आईतवार १९:०९
सदरलाइनडटकम   २१ माघ, सुर्खेत  :   लागूऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका–९ दमारगाऊँकी २९ वर्षीय तुल्सी दमाईलाई पक्राउ परेकी हुन् । तुल्सीबाट १४ किलो पाँच सय ग्राम अवैध लागूऔषध चरेस बरामद गरिएको छ । बिक्री गर्ने नियतले झोलामा बोकी ल्याएको अवस्थामा ईलाका […]

सम्बन्धित